राजस्व छलि अभियोगमा ११ करोड बिगो दाबीसहित मुद्दा दर्ता « Khabarhub

राजस्व छलि अभियोगमा ११ करोड बिगो दाबीसहित मुद्दा दर्ता


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्व छलि अभियोगमा तीन जनाविरुद्ध  ११ करोड बढीको विगो दाबीसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली विजक प्रयोग गरी राजस्व छलि गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो ।

विभागले हस्पी केयर इन्टरनेशनलमा कारोवार गर्ने फरार मुख्य व्यक्ति केशव वंशल, फर्मका प्रोप्राईटर रामसुन्दर रायभर र श्री श्याम ट्रेडर्सका प्रोप्राईटर राकेश पाण्डेयविरुद्ध कर छली अभियोगमा मुद्दा दर्ता गरेको जनाएको छ ।

विभागले उनीहरुविरुद्ध ११ करोड १९ लाख ८४ हजार १ सय ६४ रुपैयाँ विगो कायम गरी विगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको माग दाबी गरेको छ ।

उनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

भारतीय नागरिक बंशलले राजस्व चुहावट गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारी साधनहरु नेपाली नागरिकहरुको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको विभागले जनाएको छ ।

प्रतिवादीहरुले मु.अ.कर तर्फ ३ करोड १२ लाख १९ हजार ९ सय ५९ रुपैयाँ र आयकर तर्फ ८ करोड ७ लाख ६४ हजार २ सय पाँच रुपैयाँ राजस्व चुहावट गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ७ : ४२ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल