विराटनगरमा पेस्तोलसहित एक पक्राउ « Khabarhub

विराटनगरमा पेस्तोलसहित एक पक्राउ


२६ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रहरीले विराटनगरमा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतको जोगवनीबाट आउँदै गरेका विराटनगर–५ त्रिमूर्ति चोकका २५ वर्षीय बिल नरसिंह भनिने दिपक गुरुङलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–१५ रानीबाट खटिएको प्रहरी टोली उनलाई चेकजाँचका क्रममा पक्राउ गरेको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार म्याजिक चप्पल राख्ने कार्टुनको बक्स भित्र झोलाले बेरेर हातमा झुन्ड्याएर ल्याउँदै गरेको अवस्थामा गुरुङलाई देउराली होटल नजिकबाट पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।

दुई जना अपरिचित युवाले भान्जीलाई नयाँ चप्पल किनेर पठाइदिएको भन्दै रानीमा भेट्न आउनेलाई जिम्मा लगाइदिनु भनेर आफूलाई जोगवनी बसपार्कबाट चप्पल राख्ने बक्स जिम्मा लगाएर पठाएको पक्राउ परेका गुरुङले प्रहरीलाई बताएका छन् । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : २६ बजे

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर

म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा

म्याग्दी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा