मत सर्वेक्षणहरुका अनुसार बेलायतको चुनावमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने | Khabarhub Khabarhub

मत सर्वेक्षणहरुका अनुसार बेलायतको चुनावमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–बेलायतमा भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने बीबीसी, आईटभी र स्काइ न्यूजका लागि गरिएका एक्जिट पोल (मत सर्वेक्षण) ले देखाएका छन् ।

मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जर्भेटिभले ३६८ स्थानमा जित्ने देखाएको छ । जुन यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा ५० स्थान धेरै हो ।

यूकेको इतिहासमा झण्डै एक सय वर्षमा पहिलोपटक डिसेम्बर महिनामा आमनिर्वाचन भएको हो । यूरोपेली सङ्घ (ईयू)बाट ब्रिटेन बाहिरिने विषय यो निर्वाचनको एक प्रमुख मुद्दा बनेको छ ।

लेबर पार्टीले १९१ सिट, लिबरल डेमोक्र्याटले १३ र स्कटिश न्याश्नल पार्टीले ५५ सिट जित्ने मत सर्वेक्षणले देखाएका छन् । उक्त सर्वेक्षणले ब्रेक्जिट पार्टीले कुनै सिट नजित्ने र ग्रिन पार्टीले एक सिट जित्न सक्ने देखाएको छ ।

सर्वेक्षणहरूका अनुसार कन्जर्भेटिभ पार्टीले सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हासिल गर्ने देखिएको छ । यदि त्यसो भएमा त्यो लेबरहरूका लागि सन् १९३५ यताकै सबैभन्दा कमजोर पराजय हुनेछ । लेबरहरूले यस चुनावमा ७१ सिट गुमाउने देखिएको छ ।

अन्तिम नतिजाका लागि भने शुक्रवार मध्यान्हसम्म कुर्नुपर्नेछ । यस चुनावमा बोरिश जोनशनले आफूले बहुमत पाएमा सन् २०२० को ३१ ज्यानुअरीभित्र यूकेलाई ईयुबाट बर्हिगमन गराउने वाचा गरेका थिए ।

उनका मुख्य प्रतिस्पर्धी लेबर नेता जेरेमी कोर्बिनले चाहिँ ईयूमै रहने कि नयाँ सम्झौतामार्फत् बाहिरिने भन्ने विकल्प अर्को जनमत सङ्ग्रहमार्फत् दिने बताएका थिए । यो पाँच वर्षभन्दा कम समयमा ब्रिटेनमा भएको तेस्रो आमनिर्वाचन हो ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १० : ५४ बजे

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने