ए डिभिजन लिग– मछिन्द्र क्लबले सार्वजनिक गर्‍यो १७ खेलाडीको नाम « Khabarhub

ए डिभिजन लिग– मछिन्द्र क्लबले सार्वजनिक गर्‍यो १७ खेलाडीको नाम


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि मछिन्द्र क्लबले १७ जना स्टार खेलाडीसहित टीम सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर मछिन्द्र क्लबले आफ्नो टोलीका १७ खेलाडीको नाम समर्वजनिक गरेको हो ।

जसमा राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन, यु-२३ टोलीका कप्तान सुजल श्रेष्ठ, युवा स्टार अभिषेक रिजाल, देवेन्द्र तामाङ, रञ्जित धिमाल, हेमन गुरुङ रहेका छन् ।

यस्तै, विशाल श्रेष्ठ, विशाल राई, बुद्ध चेमजोङ, दीपक राई, रेजिन सुब्बा, सूर्य अधिकारी, योगेश गुरुङ छन् । विदेशी खेलाडी कोटामा नाइजेरियन खेलाडी पिटर सेगुन, एडिलाजा सोमिदे र आन्द्रेस निया छन् ।

मछिन्द्रले सार्वजनिक गरेका कुनै पनि खेलाडी यश अघि क्लबमा थिएनन् ।

राष्ट्रिय टोलीका खेलाडीलाई टोलीमा राख्दै मछिन्द्रले यो सिजनको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने जनाएको छ । क्लबका प्रशिक्षक प्रबेश कटुवालले यो लिगमा क्लबले उपाधि जित्ने लक्ष्य बनाएको बताए ।

‘हामीसँग राम्रो खेलाडीको टिम छ। खेलाडीहरुले राम्रो गर्ने बताउँनु भएको छ। हामी लिगमा पहिलो हुने उदेश्यले आएका छौं,´ कटुवालले भने ।

यस्तै, राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनले पनि टीम राम्रो रहेकाे उल्लेख गर्दै सक्दो राम्रो प्रदर्शन गर्ने बताएका छन् । ‘हामीलाई क्लबले विश्वास गरेको छ। एक्सपोजरका लागि धन्यवाद । हामीले सकेको राम्रो गर्ने छौं,´ विराजले भने ।

क्लबले ए डिभिजनभर खेलाडी र अन्यमा गरी पौने २ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ भने खेलाडीको लागि मात्रै पनि १ करोड हाराहारी खर्च रहेको जानकारी दिएको छ।

शुक्रबारनै क्लबले यसअघिको लिगको प्रायोजक रहेको सान मिगुलसँग प्रायोजन सम्झौता गरेको छ। मछिन्द्रले सान मिगुललाई टाइटल स्पोन्सर बनाएसँगै अब मछिन्द्रको नाम सान मिगुल मछिन्द्र क्लब हुनेछ ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १ : ३७ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी