नाइट क्लब पुगेका विमलसहित चार खेलाडीमाथि प्रतिबन्ध « Khabarhub

नाइट क्लब पुगेका विमलसहित चार खेलाडीमाथि प्रतिबन्ध


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । स्टार खेलाडी विमल घर्ती मगर, दिनेस राजवंशी, अञ्जन बिष्ट र सन्तोष तामाङमाथि एन्फाले प्रतिबन्ध लगाएको हो ।

एन्फाले शुक्रबार चार खेलाडीलाई कारबाहि गरेको जनाएको छ । फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ को छनोट अन्तर्गत कुवेत विरुद्धको खेल अगाडि उनीहरुले गरेको व्यवहारका कारण उनीहरुमाथि कारबाहि गरिएको एन्फाले जनाएको छ ।

चारै जना खेलाडी कुवेतविरुद्वको होम गेमका लागि भुटान जाने अघिल्लो राति ठमेल नाइट क्लबमा भेटिएपछि उनीहरुमाथि अनुसन्धान भइरहेको थियो।

एन्फाका अनुसार आजैदेखि लागुहुने गरी विमल र दिनेशमाथि ९० दिनको प्रतिबन्ध लगाइएको छ । त्यस्तै, अञ्जन बिष्ट र सन्तोष तामाङलाई ४५ दिनको प्रतिबन्ध लगाएको एन्फाले जनाएको छ।

प्रतिबन्धसँगै यी खेलाडीहरुले ५० हजार नगद जरिवाना तिर्नु पर्नेछ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ८ : १५ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध