नाइट क्लब पुगेका विमलसहित चार खेलाडीमाथि प्रतिबन्ध « Khabarhub

नाइट क्लब पुगेका विमलसहित चार खेलाडीमाथि प्रतिबन्ध


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । स्टार खेलाडी विमल घर्ती मगर, दिनेस राजवंशी, अञ्जन बिष्ट र सन्तोष तामाङमाथि एन्फाले प्रतिबन्ध लगाएको हो ।

एन्फाले शुक्रबार चार खेलाडीलाई कारबाहि गरेको जनाएको छ । फिफा विश्वकप २०२२ तथा एएफसी कप २०२३ को छनोट अन्तर्गत कुवेत विरुद्धको खेल अगाडि उनीहरुले गरेको व्यवहारका कारण उनीहरुमाथि कारबाहि गरिएको एन्फाले जनाएको छ ।

चारै जना खेलाडी कुवेतविरुद्वको होम गेमका लागि भुटान जाने अघिल्लो राति ठमेल नाइट क्लबमा भेटिएपछि उनीहरुमाथि अनुसन्धान भइरहेको थियो।

एन्फाका अनुसार आजैदेखि लागुहुने गरी विमल र दिनेशमाथि ९० दिनको प्रतिबन्ध लगाइएको छ । त्यस्तै, अञ्जन बिष्ट र सन्तोष तामाङलाई ४५ दिनको प्रतिबन्ध लगाएको एन्फाले जनाएको छ।

प्रतिबन्धसँगै यी खेलाडीहरुले ५० हजार नगद जरिवाना तिर्नु पर्नेछ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ८ : १५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी