द्रुत गतिमा विकास गर्ने मुलुकको सूचीमा नेपाल पर्छः अर्थमन्त्री खतिवडा « Khabarhub

द्रुत गतिमा विकास गर्ने मुलुकको सूचीमा नेपाल पर्छः अर्थमन्त्री खतिवडा


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले नेपाल अहिले सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा पर्ने जनाउँदै आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक भएको बताएका छन् ।

मेची बहुमुखी क्याम्पसको प्रशासनिक भवनको आज उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले दक्षिण एशियामा नेपाल र बङ्गलादेशको आर्थिक वृद्धि दर अरूको भन्दा माथि भएको बताए ।

वर्तमान सरकारले मुलुकको आर्थिक क्षेत्रमा लिएका नीतिको सकारात्मक नतिजा विस्तारै देखिने उल्लेख गर्दै उनले अघिल्लो सरकारले शुरु गरेका अधुरा विकासका आयोजनालाई समेत पूर्णता दिन बजेट छुट्याइएको जानकारी दिए ।

अन्तर्राष्ट्रियस्तरमा बिक्ने र प्रतिस्पर्धा गर्नसक्ने शिक्षाको विकास गर्न सरकारले प्राविधिक, वैज्ञानिक र व्यावसायिक शिक्षामा लगानी गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री खतिवडाले मेची बहुमुखी क्याम्पसको बन्न लागेका भौतिक संरचना निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

अर्थमन्त्री खतिवडा र पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले आज भद्रपुर–८ मा रहेको क्याम्पस परिसरमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन र बन्न लागेको महिला छात्रावासको शिलान्यास गरेका छन् ।  त्रिभुवन विश्वविद्यालय अनुदान आयोग र नेपाल सरकारको सहयोगमा क्याम्पसका सबै संरचना निर्माण हुने भएका छन् ।

पूर्वउपप्रधानमन्त्री सिटौलाले मेची बहुमुखी क्याम्पसको विकास र विस्तारमा सबै राजनीतिक दलको सहयोग रहेको बताउँदै अघिल्लो सरकारले चन्द्रगढीमा निर्माण थालेको स्व गिरिजाप्रसाद स्मृति भवनमा वर्तमान सरकारले एउटा पनि इँटा नथप्नुको कारणबारे अर्थमन्त्री खतिवडालाई प्रश्न गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयका रजिस्टार डिल्लीराम उप्रेतीले आजै मेची बहुमुखी क्याम्पसको मानविकी भवनको शिलान्यास गर्नुहुँदै आगामी वर्षदेखि क्याम्पसमा सूचना प्रविधि विषयको स्नातक (बीआईटी) कक्षा सञ्चालन गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १० : ४५ बजे

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन