आज राति भारी हिमपातको सम्भावना, सचेत रहन अनुरोध « Khabarhub

आज राति भारी हिमपातको सम्भावना, सचेत रहन अनुरोध


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी निम्न चापीय वायूको प्रभाव स्वरुप हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सचेत रहने अनुरोध गरेको छ ।

शुक्रबार साँझ तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै महाशाखाले आगामी २४ घण्टाका लागि पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागका स्थानहरुमा सतर्कता अपनाउनु अनुरोध गरेको हो ।

महाशाखाले पश्चिमी उच्च पहाडीसहित हिमाली भू-भागमा भारी हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने पूर्वानुमान गरेको छ ।

मौसमको अवस्था
हाल देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही केहि भूभागमा हल्का वर्षा भइरहेको छ। साथै उच्च पहाडी र हिमाली भू-भागमा हिमपात समेत भएको छ।

तीन दिनको मौसम पूर्वानुमान

रातिस् देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।
पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ।

मंसिर २८ गते (शनिबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भू-भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

रातिः देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भू(भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

मंसीर २( गते (आइतबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू-भागमा हल्का वर्षा हुने सम्भावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

रातिस् देशको पश्चिमी पहाडी आंशिकदेखि सामान्य बदली साथै मध्य तथा पूर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ९ : ३३ बजे

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन