विप्लवप्रति सरकारले लिएको नीति ठीक भएन : बाबुराम « Khabarhub

विप्लवप्रति सरकारले लिएको नीति ठीक भएन : बाबुराम


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका बारेमा लिएको नीति ठीक नभएको बताएका छन् ।

खबरहबसँगको कुराकानीमा उनले सीके राउत प्रकरण, रेशम चौधरीको विषय र विप्लव समूहसँग गरेको व्यवहार फरकफरक रहेको भन्दै यो आकस्मिक घटना वा बनाइएको हो भन्नेमा शंका रहेको बताए ।

‘सीके राउत जसले विखण्डनको कुरा उठाइ राखेका थिए । उनलाई चाँही हतार हतारमा अपारदर्शी ढंगले सर्वोच्च अदालतले नै कैद सजाय तोकेको व्यक्तिलाई बाहिर ल्याएर ११ बुँदे सझदारी गरियो । त्यो बारेको अस्पष्ट विवाद एकापर्टी छ,’ भट्टराईले भने, ‘अर्कोतर्फ रेशम चौधरीलाई थारु बिद्रोहको विषयलाई लिएर आजीवन कारााबासको सजाय सुनाइयो । यहाँ पनि अलि फरक मापदण्ड अपनाइएजस्तो लाग्यो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विप्लव समूहको प्रतिबन्धका विषयमा भने खुलेरै विरोध जनाए । उनले भने, ‘सरकारले छोटो अवधिमै सीके राउत, रेशम चौधरी र विप्लव समूहबारे निर्णय हो । राजनीतिमै उग्रवामपन्थी एजेन्डासहित विद्रोहको बाटो लिएर अघि बढिरहेको अवस्थामा वार्ता र सम्वादको माध्यम समस्या समाधान गर्नुपर्नेमा प्रतिबन्ध लगाउनु गलत हो ।’

डा भट्टराईले विप्लवलाई प्रतिबन्ध लगाउनुको सट्टा उनका नराम्रा र गलत काम जनतामाझ पुर्‍याउनुपर्ने बताए । उनले भने, ‘वार्ताबाट समाधान खोज्ने ठाउँमा प्रतिबन्ध लगाउने विषय प्रभावकारी भएन। राजनीतिक वैचारिक ढंगबाट उनका गतिविधि जनतामाझ पुर्‍याउनुपर्नेमा बल प्रयोग गर्नु राम्रो भएन ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १ : ३८ बजे

एमाले अनिर्णयको बन्दी बनेपछि केन्द्रीय कमिटी बैठक बोलाउन दबाब, पार्टी पुनर्गठन गर्न माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली– चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा

युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार,

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट