विप्लवप्रति सरकारले लिएको नीति ठीक भएन : बाबुराम « Khabarhub

विप्लवप्रति सरकारले लिएको नीति ठीक भएन : बाबुराम


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका बारेमा लिएको नीति ठीक नभएको बताएका छन् ।

खबरहबसँगको कुराकानीमा उनले सीके राउत प्रकरण, रेशम चौधरीको विषय र विप्लव समूहसँग गरेको व्यवहार फरकफरक रहेको भन्दै यो आकस्मिक घटना वा बनाइएको हो भन्नेमा शंका रहेको बताए ।

‘सीके राउत जसले विखण्डनको कुरा उठाइ राखेका थिए । उनलाई चाँही हतार हतारमा अपारदर्शी ढंगले सर्वोच्च अदालतले नै कैद सजाय तोकेको व्यक्तिलाई बाहिर ल्याएर ११ बुँदे सझदारी गरियो । त्यो बारेको अस्पष्ट विवाद एकापर्टी छ,’ भट्टराईले भने, ‘अर्कोतर्फ रेशम चौधरीलाई थारु बिद्रोहको विषयलाई लिएर आजीवन कारााबासको सजाय सुनाइयो । यहाँ पनि अलि फरक मापदण्ड अपनाइएजस्तो लाग्यो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले विप्लव समूहको प्रतिबन्धका विषयमा भने खुलेरै विरोध जनाए । उनले भने, ‘सरकारले छोटो अवधिमै सीके राउत, रेशम चौधरी र विप्लव समूहबारे निर्णय हो । राजनीतिमै उग्रवामपन्थी एजेन्डासहित विद्रोहको बाटो लिएर अघि बढिरहेको अवस्थामा वार्ता र सम्वादको माध्यम समस्या समाधान गर्नुपर्नेमा प्रतिबन्ध लगाउनु गलत हो ।’

डा भट्टराईले विप्लवलाई प्रतिबन्ध लगाउनुको सट्टा उनका नराम्रा र गलत काम जनतामाझ पुर्‍याउनुपर्ने बताए । उनले भने, ‘वार्ताबाट समाधान खोज्ने ठाउँमा प्रतिबन्ध लगाउने विषय प्रभावकारी भएन। राजनीतिक वैचारिक ढंगबाट उनका गतिविधि जनतामाझ पुर्‍याउनुपर्नेमा बल प्रयोग गर्नु राम्रो भएन ।’

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १ : ३८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी