महिला सम्मेलनमा उपस्थित महिलाहरुलाई नै अपशब्द प्रयोग गरेपछि‍‍‍… « Khabarhub

महिला सम्मेलनमा उपस्थित महिलाहरुलाई नै अपशब्द प्रयोग गरेपछि‍‍‍…


२९ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिलिपिन्स– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले महिलाहरु उपस्थित एउटा सम्मेलनमा उपस्थित महिलाहरुलाई ‘कुकुर्नी’ भन्ने शब्द प्रयोग गर्दै सम्बोधन गरेका छन् ।

गत सोमबार महिला प्रहरी तथा सुरक्षाकर्मीलाई पुरस्कार दिने कार्यक्रममा उपस्थित महिलाहरुलाई उनले स्थानीय ताग्लोग भाषामा ‘पुता’ शब्द प्रयोग गरेका थिए । त्यस शब्दको अर्थ कुकुर्नी हुन आउँछ ।

उनले बेलाबेला महिलाहरुमाथि अपशब्द प्रयोग गर्दै आएका छन् । ‘कुकुर्नी’ शब्द प्रयोग गरिसकेपछि उनले आफूले महिलाहरुलाई प्रेम गर्ने भन्दै आफ्नो बचाउ गरेका थिए ।

उनले आफूले महिलाहरुलाई प्रेम गर्ने भएकाले आफूले बहुविवाह गरेको जनाएका थिए । कार्यक्रममा उनले भने ‘हेर्नुहोस् म महिलाहरुलाई प्रेम गर्छु, त्यसैले मैले दुईवटा विवाह गरेको हुँ ।’

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा डुटेर्टेले डभाओ शहरको मेयर रहँदा बलात्कार पछि हत्या गरिएकी एकजना अष्टे«लियन महिलालाई आफूले शुरुमै बलात्कार गर्न नपाएको भन्ने टिप्पणी गरेपछि उनी विवादमा तानिएका थिए । त्यसबाहेक उनले अघिल्लो वर्ष दक्षिण कोरियामा भएको एक कार्यक्रममा एकजना महिलालाई मञ्चमै बोलाएर चुम्बन गर्न लगाएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  ८ : ३९ बजे

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु

मेलाको बचत रकम पर्यटन विकासमा

म्याग्दी – अन्नपूर्ण गाउँपालिका-१ स्थित मणिबराही युवा क्लबले दसैँ मेलाबाट