आदित्यको ज्ञान विज्ञानका लागि चुनौती– प्रधानमन्त्री ओली « Khabarhub

आदित्यको ज्ञान विज्ञानका लागि चुनौती– प्रधानमन्त्री ओली


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहितका पूर्व प्रधानमन्त्रीहरुले गुगल ब्वाईको रुपमा प्रख्यात आतित्य दाहालको प्रशंसा गरेका छन् ।

राजधानी काठमाडौको गौरीघाटस्थित आदित्य कुञ्जमा शनिबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, शेर बहादुर देउवाले आदित्यमा असाधारण क्षमता रहेको भन्दै प्रशंसा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भने “आजको विश्वमा विना स्रोतको ज्ञान प्राप्त गर्ने एक मात्र मानवजाती मानव जातिको सन्तान आदित्य दाहाल मात्रै हो । विना स्रोतको ज्ञान आदित्य दाहाल हो र म भन्न चाहन्छु । यो विज्ञानका लागि असाधारण र धेरै गहन चुनौति हो । ”

त्यसैगरी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आदित्यका आविश्कार, अभिव्यक्ति लगायत असाधारण भएको भन्दै सम्पुर्ण नेपालीको लागि आदित्यको प्रतिभा गौरवपुर्ण रहेको बताए । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले आदित्यमा अद्धितिय प्रतिभा रहेको भन्दै त्यो सबै नेपालीका लागि गौरवको विषय रहेको बताए ।

विशेष कार्यक्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि गराईनुको साथै आदित्य ज्योति पथको अग्रेजी संस्करणको औपचारिक विमोचन गरिएको थियो । शनिबार नै आदित्यको उपनयन (ब्रतबन्ध) गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  १० : ०२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल