देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको छ – श्रेष्ठ « Khabarhub

देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको छ – श्रेष्ठ


३० चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

गोरखा– नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देश आर्थिक समृद्धिको दिशामा अघि बढिसकेको बताएका छन् ।

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–३ स्वाँरामा शनिवार आयोजित सिद्धगुफा मेला एवं सांस्कतिक कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन् ।

वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वलाई जनताले सरकारको नेतृत्व गर्न मात्र नभई देशको विकास र परिवर्तनको समेत नेतृत्व गर्न पठाएकाले सरकार त्यही दिशामा अघि बढेको उनको भनाइ थियो ।

देशमा प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब आर्थिक क्रान्ति गर्ने बेला भएको भन्दै उनले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको सरकारबाट मात्र विकास र समृद्धि सम्भव हुने दाबी गरे ।

सङ्घीय सरकार र प्रदेश सरकार बनेको एक वर्ष पूरा भएको तथा स्थानीय सरकार बनेको दुई वर्षमात्र पुग्न लागेको भन्दै प्रवक्ता श्रेष्ठले यो अवधि जनताले सोचेको जस्तो परिवर्तनका लागि पर्याप्त नभएको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ७ : ४४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन