ब्रुमरको प्रभावकारितामाथि प्रश्न, थप चारवटा भित्र्याइँदै | Khabarhub Khabarhub

ब्रुमरको प्रभावकारितामाथि प्रश्न, थप चारवटा भित्र्याइँदै


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले गुठीको जग्गाको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँ बराबरको गुठीको जग्गा व्यक्तिको नाममा गरिदिएको भन्दै झापाका सकाराी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको समाारमा उल्लेख छ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको ५ बिघा जमिन चार जनाकोनाममा जोतभोगको व्यवस्था मिलाउनु भनि फैसला गरेका थिए ।

यस्तै पत्रिकाले दोषीको नाम सर्वाजनि गर्न अलमल शीर्षकमा अर्को समाचार छापेको छ । सशस्त्र द्व्रन्द्वका क्रममा ग्रम्भीर मानवअधिकार हनन गर्नेलाई कालोसूचीमा राख्ने मानअधिकार आयोगको प्रक्रिया अलमलमा परेको छ । मानवअधिकार हननका दोषीको नाम सार्वजनिक गर्ने विषयमा मानवअधिकार आयोगका सदस्यबीच लामो समयदेखि मतभेद देखिँदै आएको छ ।

त्यस्तै मुलुकभर यो साता वर्षकै सबैभन्दा बढी डढेलो शीर्षकमा आगालागीको समाचार पनि राजधानी दैनिकले पहिलो पृष्ठमा छापेको छ । सरकाले डढेलो नियन्त्रका लागि प्रत्येक वर्ष करोडौं बजेट खर्च गरिहेको छ । तर, यसको प्रभावकारिता देखिएको छैन । अत्यधिक गर्मी, लामो खडेरी, उच्च बेगको हावाहुरी लगायतका कारणले दिनहुँ हजारभन्दा बढीको संख्यमा डढेलो लागिरहेको समाचारमा उल्लेख छ ।

ब्रुमरको प्रभावकारितामाथि प्रश्न, थप चारवटा भित्र्याउँदै काठमाडौं महानगर शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिछएको छ । काठमाडौं महानगरपालिकाले धुलो नियन्त्रणका लागि थप चारवटा ‘ब्रुमर’ भित्र्याउने भएको छ । मनपाले यसको तयारीका लागि दुईवटा ब्रुमर खरिद प्रक्रिया अघि बढाएको छ भने दुई ब्रुमर चीन सरकारको अनुदानमा ल्याउन लागेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : २६ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी