कर्णाली प्रदेशसभाको चौथो वैठक जेठ १० गतेका लागि आह्वान « Khabarhub

कर्णाली प्रदेशसभाको चौथो वैठक जेठ १० गतेका लागि आह्वान


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


सुर्खेत– कर्णाली प्रदेशसभाको चौथो वैठक आगामी जेठ १० गते दिउँसो ३ बजे आह्वान गरिने भएको छ ।

कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेशसभाको चौथो बैठक आगामी जेठ १० गते दिउँसो ३ बजे आह्वान गर्नका लागि कर्णाली प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने गरेको हो ।

मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको आमसञ्चार तथा सूचना प्रविधिसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रस्ताव गरेको रसायन तथा रासायनिक विषादी नियन्त्रण विधेयक–२०७६, पशु बधशाला तथा मासु जाँच विधेयक–२०७६ र माटो तथा मल व्यवस्थापन विधेयक–२०७६ तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको देश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा प्रस्तावित द्वन्द्वपीडित राहत तथा उपचारसम्बन्धी कार्यविधि २०७५, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा प्रस्तावित कर्णाली प्रदेश पर्यटन बोर्ड गठनादेश २०७६ र आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा प्रस्तावित कर्णाली पूर्वाधार विकास प्राधिकरण गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा थप छलफलका लागि प्रदेश मन्त्रिपरिषद् प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णय गरेको जनाइएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ११ : ०६ बजे

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि