मुख्यमन्त्री राईद्वारा हावाहुरी पीडितका लागि एक करोडको चेक हस्तान्तरण « Khabarhub

मुख्यमन्त्री राईद्वारा हावाहुरी पीडितका लागि एक करोडको चेक हस्तान्तरण


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बारा पर्साको हावाहुरी पीडितको लागि प्रदेश नं. १ को सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक सोमबार हस्तान्तरण गरिएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं. २को मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश नं.१ ले सानो सहयोग गरेर प्रदेश २ को विपतमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. १को सहयोग प्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश–प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए । बारा पर्सामा चैत्र १८ गते गएको हावाहुरीबाट २९ जनाको मृत्यु भएको थियो भने करोडौंको धनमाल क्षति भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ४ : ५२ बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका