मुख्यमन्त्री राईद्वारा हावाहुरी पीडितका लागि एक करोडको चेक हस्तान्तरण « Khabarhub

मुख्यमन्त्री राईद्वारा हावाहुरी पीडितका लागि एक करोडको चेक हस्तान्तरण


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बारा पर्साको हावाहुरी पीडितको लागि प्रदेश नं. १ को सरकारले घोषणा गरेको एक करोड सहयोगको चेक सोमबार हस्तान्तरण गरिएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं. २को मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राईले हावाहुरीले निम्त्याएको विपदमा प्रदेश नं.१ ले सानो सहयोग गरेर प्रदेश २ को विपतमा हामी सबै एकजुट रहेको सन्देश दिन खोजेको बताए ।

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. १को सहयोग प्रति आभार व्यक्त गर्दै मुलुक संघीय संरचनामा गएपछि प्रदेश–प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको बताए । बारा पर्सामा चैत्र १८ गते गएको हावाहुरीबाट २९ जनाको मृत्यु भएको थियो भने करोडौंको धनमाल क्षति भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ४ : ५२ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट