क्विक्स कप जेठबाट सञ्चालन गरिने « Khabarhub

क्विक्स कप जेठबाट सञ्चालन गरिने


३० बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले विद्यालयस्तरीय प्रतियोगिता क्विक्स कप फुटबल जेठबाट शुरु गर्ने भएको छ । एन्फाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला स्तरको प्रतियोगिता जेठ २१ देखि असार ३१ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो ।

केही दिन अगाडि नेपालको प्रतिष्ठित चौधरी ग्रुप र एन्फाबीच क्विक्स कप छात्र–छात्रा प्रतियोगिता आयोजना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार प्रतियोगिताको मिति तय भएको एन्फाले उल्लेख गरेको छ । पहिलो पटक हुन लागेको प्रतियोगिता जिल्ला हुँदै प्रदेश र राष्ट्रिय स्तरमा सञ्चालन हुनेछ । एन्फाले जिल्लास्तरीय प्रतियोगिता जेठ २१ देखि असार ३१ सम्म सञ्चालन हुने जनाएको छ भने साउन १९ देखि ३२ गतेसम्म प्रदेशस्तरीय र आश्विन १ देखि ११ गतेसम्म राष्ट्रियस्तरको प्रतियोगिता हुने जानकारी दिएको छ ।

काठमाडौ, भक्तपुर तथा ललितपुरमा हुने प्रतियोगिता एन्फा आफैले सञ्चालन गर्नेछ । अन्य जिल्लामा भने सम्बन्धित जिल्ला फुटबल संघले प्रतियोगिता सञ्चालन गर्नेछन् । जिल्ला विजेताले प्रदेशस्तरीय प्रतियोगिता र प्रदेशको विजेताले राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिन पाउनेछन् ।

प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार  ७ : ५६ बजे

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ