विघ्न-बाधाहरु निवारणका लागि रामभक्त हनुमानको गर्नुस् पूजा | Khabarhub Khabarhub

विघ्न-बाधाहरु निवारणका लागि रामभक्त हनुमानको गर्नुस् पूजा


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामभक्त हनुमानलाई विघ्न–बाधाहरुको निवारक कर्ताका रुपमा लिइन्छ । शुद्ध–पवित्र मनले हनुमानको पूजा गर्नाले मानव जीवनमा आइपर्ने विभिन्न बाधा–अड्चनहरुको नाश हुने विश्वास गरिन्छ ।

जुन घरमा भगवान हनुमानजीको प्रसिद्ध मन्त्रोच्चारण हुन्छ, त्यस घरमा कुनै प्रकारको समस्या आउँदैन भन्ने धार्मिक मान्यता पनि छ । हनुमान यस्ता देवता हुन्, उनी छिट्टै प्रसन्न हुुन्छन् ।

जुन भक्तले मनैदेखि हनुमानको सेवा गर्दछन्, उसलाई पुण्य प्राप्ति हुन्छ भन्ने विश्वास राखिन्छ । हनुमान प्रशन्न बनाउँन हनुमान चालिसा अथवा हुनमासँग जोडिएका मन्त्रहरु जप गर्नुपर्ने हुन्छ ।

जीवनमा केही बाधा अड्चन आइ परेमा हनुमानको नाम जपेमात्रै पनि विध्न वाधा हटेर जान्छ भन्ने धार्मिक विश्वास छ । हनुमानकै कृपाबाट अष्ट सिद्धि, नव निधि प्राप्त गर्न सकिन्छ ।

हनुमानको साधना गर्दा केही नियमप्रति ध्यान दिनु भने जरूरी हुन्छ । जुन यसप्रकार छन्–

१. पूजा गर्दा ब्रह्मचर्य पालन गर्नु जरूरी छ ।
२. निश्छल सेवा भावना राख्नुपर्छ, क्रोध र अहंकारबाट टाढा रहनुपर्छ ।
३. हनुमानलाई ध्यु हालेर बनाइएको प्रसाद चढाउनुपर्छ ।
४. पूजा अनुष्ठानको बेला सकेसम्म नुनको प्रयोग पनि गर्नुहुँदैन ।

मंगलवारको दिन ब्रत बस्नुपर्छ, त्यस दिन नुन खानुहुन्न । हनुमान रामभक्त भएको हुँदा भगवान रामको पूजा गर्दा पनि हनुमान प्रशन्न हुन्छन् । तुलसीदास जीले रामलाई पुकार्दा उनलाई हनुमानजीको कृपा सहजै प्राप्त भएको थियो । यसका लागि नियमित रूपमा रामायणको पाठ गर्नु जरूरी हुन्छ ।

पूजाका लागि सकेसम्म एउटै समय राख्नु उपयुक्त हुन्छ । तुलसीदास भन्छन्- हनुमान चालीसाको प्रभाव अत्यधिक चमत्कारी हुन्छ, यसको नियमति ११ पटक गरे हनुमान प्रशन्न हुन्छन् । हनुमान साधनाको केही तांत्रिक प्रयोग र मन्त्र पनि छन् । त्यसको साधनाले हनुमानजीलाई खुसी पार्न सकिन्छ ।

शुक्ल पक्षको पहिलो मंगलबारदेखि रातो आसनमाथि हनुमानजीको प्रतिष्ठित मूर्तिको सामुन्ने दियो बालेर रातो चन्दनको माला वा मुंगको ११ मालालाई ४० दिन सम्म जपेपछि सिद्धि प्राप्ति हुने शास्त्रमा उल्ले छ ।

केही मन्त्र-

–‘ॐ नमो भगवते आन्जनेयाये महाबलाये स्वाहा’ यस मन्त्रको देवता हनुमान हुन्, यस मन्त्रलाई दश हजार पटक जप गरेर दशांस हवन गर्नुपर्छ ।
– ॐ नमों हनुमते रुद्रावताराय विश्वरूपाय अमित विक्रमाय प्रकटपराक्रमाय महाबलाय सूर्य कोटिसमप्रभाय रामदूताय स्वाहा ।
– ॐ नमो हनुमते रुद्रावताराय सर्वशत्रुसहांरणाय सर्वरोगाय सर्ववशीकरणाय रामदूताय स्वाहा ।
– ॐ नमो हनुमते रुद्रावतराय वज्रदेहाय वज्रनखाय वज्रसुखाय वज्ररोम्णे वज्रनेत्राय वज्रदंताय वज्रकराय वज्रभक्ताय रामदूताय स्वाहा ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ७ : २५ बजे

बझाङको मतगणना छबिसपाथिभेरामा सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो