देशभरको मौसममा आंशिक बदली : केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने | Khabarhub Khabarhub

देशभरको मौसममा आंशिक बदली : केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने

३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर आज मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखा अनुसार सामान्य बदलीसहित केहि ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हावाहुरीको पनि सम्भावना रहेको जनाएको छ । आज पूर्वी नेपाल र पश्चिम नेपालमा हावाहुरीसहितको वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै मध्यभागमा साँझपख मेघ गर्जनसहित पानी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिने मौसमको विवरण यस्तो छ :

जेठ ३० गते (बिहिबार)
दिउँसो: देशभरिनै आशिंकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशको पश्चिमी भु-भागमा सामान्यदेखि पुर्ण बदलीका साथै मध्य तथा पुर्वी भु-भागमा आशिंकदेखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका केहि स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३१ गते (शुक्रबार)
दिउँसो: देशको पुर्वी भु-भागमा सामान्य बदलीरहि मध्य तथा पश्चिमी भु-भागमा आशिंकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति: देशको पुर्वी भु-भागमा सामान्य बदलीरहि मध्य तथा पश्चिमी भु-भागमा आशिंकदेखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु-भागका थोरै स्थानहरुमा र पश्चिमी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

जेठ ३२ गते (शनिबार)

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ९ : १८ बजे

प्रतिनिधि सभा विघटनप्रति असहमत छौँ : माओवादी केन्द्र

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभा विघटनप्रति ‘गम्भीर

संसद् विघटनमा दलका शीर्ष नेताहरू जिम्मेवार : नेता शर्मा

काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन

प्रतिनिधि सभा चुनाव फागुनभित्रै

काठमाडौँ – विघटित प्रतिनिधि सभा निर्वाचन आगामी फागुनभित्रै हुने भएको

सुशीला कार्कीले लिइन्‌ प्रधानमन्त्रीको नियुक्ति र शपथ

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति

को हुन् सुशीला कार्की ?

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्।