कम्युनिस्ट सरकारले फेरि पनि धर्मका नाममा द्वन्द्व सिर्जना गर्न खोज्दै छ : कांग्रेस « Khabarhub

कम्युनिस्ट सरकारले फेरि पनि धर्मका नाममा द्वन्द्व सिर्जना गर्न खोज्दै छ : कांग्रेस


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टीको वर्तमान सरकार धर्म र संस्कृतिका विषयमा अनावश्यक विवाद सिर्जना गरी द्वन्द्व बढाउने काममा लागेको आरोप लगाएको छ ।

बिहीबार राष्ट्रिय जागरण अभियानको विषयमा पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले गुठी विधेकको माध्यमबाट धर्म र संस्कृतिको विषयमा अनावश्यक रुपमा प्रवेश नगर्न पनि सरकारलाई सचेत गरायो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मातले यसअघिको कम्युनिस्ट (प्रचण्ड नेतृत्वको) तत्कालीन सरकार पनि अध्यात्मसँग सम्बन्धित थलोमा अनधिकृत रुपमा प्रवेश गरेको उल्लेख गर्दै भने, ‘अन्ततः उक्त सरकारका लागि परिणम सुखद् रहेन । र, फेरि पनि कम्युनिस्ट सरकार त्यहि दिशामा लागेको छ, सरकार सच्चियोस् ।’

वर्तमान सरकारका प्रधानमन्त्री नै विवादित र धर्मप्रचारक विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि लिने होडमा लागेको उल्लेख गर्दै शर्माले सरकार आफैं द्वन्द्व निर्माण गर्ने बाटोमा लागेको पनि बताए ।

‘सरकार विभिन्न धर्मप्रचारकले आयोजना गरेका कार्यक्रममा सहभागी हुन्छ, विवादित विश्वविद्यालयबाट एकमाथि अर्को पिएचडीको पदवी थप्ने कुरामा प्रधानमन्त्री ज्यूलाई ध्यान पुग्छ,’ शर्माले भने, ‘अर्का तर्फ परम्परा, धर्म र संस्कृतिको सन्दर्भमा स्थापित गुठीहरुको बारेमा सरकार सरोकारवालाहरुसँग कुनै विमर्श नगरीकन, भावनामा पुग्ने चोटप्रति गम्भीर हेक्का नाराखी यस्तो विषयमा प्रवेश गर्छ । यसमा हामीले गम्भीर बिमति राखेका छौं ।’

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १२ : ११ बजे

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को