धनुषाधाम नगरपालिकामा भएको विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लियो (विज्ञप्ति सहित) « Khabarhub

धनुषाधाम नगरपालिकामा भएको विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लियो (विज्ञप्ति सहित)


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा–बुधबार राति धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा परिसरमा भएको बम विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट जनपरिषद् (जनसरकार) धनुषाले लिएको छ ।

विहीबार विज्ञप्ति जारी गर्दै जनपरिषद्ले नगपालिकाले व्यापक मात्रामा भ्रष्टचार गरेको, जनयुद्धकालमा कब्जा गरिएका जमिनहरु बिक्रीवितरण गरेको, स्थानीय जनतामाथि अन्यायपूर्ण कर थोपरेको लगायतका कारण देखाउँदै कारबाही गरेको जनाएको हो ।

बुधबार राति धनुषाधाम बजारको धनुषा मन्दिरको पछाडिमै रहेको नगरपालिका कार्यालयमा बम विस्फोट गराइएको थियो । विस्फोट भएको स्थानमा कुकरको सिट्ठी भेटिएकोले बम विस्फोट भएको पुष्टि भएको हो । विस्फोटले नगरपालिकाको पर्खाल र सभाहलको भित्तामा क्षति पुगेको थियो ।

विज्ञप्ति

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ९ : २२ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित