वार्षिक १० लाख कण्डम वितरण गर्ने सरकारसँग कतिले पाए तथ्यांक छैन « Khabarhub

वार्षिक १० लाख कण्डम वितरण गर्ने सरकारसँग कतिले पाए तथ्यांक छैन


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार (आज ) फेब्रुअरि १३ तारिक विश्व कण्डम दिवस । नेपाल लगायत विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।

नेपालमा १५ देखि ४९ वर्ष उमेर समुहका ४५ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गर्छन् । परिवार नियोजनको साधानहरु मध्ये कण्डम पनि एक हो । कण्डमले परिवार नियोजनको साधनको रुपमा मात्रै होइन, एचआईभी र यौनरोगको संक्रमणबाट समेत बचाउने काम समेत गर्छ ।
नेपालमा एचआईभी संक्रमण हुनुको प्रमूख कारण कण्डमको प्रयोग विना असुरक्षित यौन सम्पर्क हो । नेपालमा ७७ प्रतिशतमा विना कण्डम गरिने यौनसम्पर्कबाट एचआईभी सर्ने गरेको राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. तारानाथ पोख्रेलले बताए ।

‘नेपालमा करिव ७७ प्रतिशत एचआईभी संक्रमण कण्डम विना गरिने यौनसम्पर्कको माध्यमबाट सरेको पाइन्छ ।,’ डा. पोख्रेलले भने, ‘यदि मानिसले सुरक्षित तरिकाले कण्डमको प्रयोग गर्ने हो भने एचआईभी संक्रमण दर निकै कम हुन्छ ।’

८ प्रतिशतले मात्रै प्रयोग

सरकारले एचआईभी तथा यौनरोगको जोखिम कम गर्न निशूल्क कण्डम वितरण समेत गर्ने गरेको छ । तर सरकारले निशूल्क कण्डम वितरण गर्ने भए पनि नेपालमा ८ प्रतिशत व्यक्तिले मात्रै कण्डमको प्रयोग गर्ने गरेको केन्द्रका निर्देशक तारानाथ पोख्रेलले बताए ।
उनले भने, ‘हामीले एचआईभी तथा यौनरोग हुन नदिन कण्डमको प्रयोग गर्ने तरिका सहित निशूल्क वितरण समेत गर्दै आएका छौं । तर नेपालमा १० देखि ४९ वर्ष उमेर समुहका करिव ८ प्रतिशतले मात्रै कण्डमको प्रयोग गर्छन् ।’

वार्षिक १० लाख कण्डम वितरण 
सरकारले यौनरोग जोखिम हुन नदिन र जनसंख्या वृद्धिदर रोक्न कण्डमको निशूल्क वितरण गर्दै आएको छ ।  त्यसका लागि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, परिवार कल्याण महाशाखा मार्फत देशभरका एचआईभी परिक्षण केन्द्र तथा स्वास्थ्यसंस्थाबाट तथा एचआईभी एड्सको क्षेत्रमा काम गर्ने संघसंस्थामार्फत कण्डमको निशूल्क वितरण हुँदै आएको छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा मात्रै १० लाख ७० हजार पिस वितरण गरेको केन्द्रका निर्देशक डा. तारानाथ पोख्रेलले खबरहबलाई बताए । यो तथ्यांक केन्द्रले वितरण गर्ने तथ्यांक मात्रै हो । परिवार कल्याण महाशाखा र विभिन्न निजी स्वास्थ्यसंस्था तथा फार्मेसीबाट वितरण हुने कण्डमको कुनै तथ्यांक छैन । तर सरकारले वितरण गरेको कण्डम कति र कुन उमेरका व्यक्तिले पाए भन्ने तथ्यांक भने सरकारसँग नै छैन ।

‘हामीले सिधै वितरण गर्दैनौं । जिल्ला स्वास्थ्य कार्यलय तथा एचआईभी एड्समा काम गर्ने संघसस्थालाई हामी दिन्छौ र उहाँहरुले नै देशभर वितरण गर्नुहुन्छ ।,’ निर्देशक डा. पोख्रेलले खबरहबसँग भने, ‘सरकारले वितरण गर्ने कण्डम व्यक्तिले आफ्नो आवश्यकता अनुसार लिनुहुन्छ, कति र कुन उमेरका व्यक्तिहरुल लिनुभयो भन्ने तथ्यांक हामीसँग हुँदैन ।’

केन्द्रले वितरण गरेको १० लाख ७० हजार कण्डम १ लाख पिस सरकार आफैले खरिद गरेको र बाँकी ग्लोबल फन्ड मार्फत सरकारलाई अनुदानमा प्राप्त भएको डा. पोख्रेलले जानकारी दिए । सरकारी लाखौं कण्डम निशूल्क वितरण गरेपनि त्यसको कुन उमेर समुहका व्यक्तिले प्र्रयोग गरेका छन् र सहि प्रयोग भएको छ वा छैन भन्नेमा सरकार बेखबर छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  ५ : ३२ बजे

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

मोरङ– मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ

एमाले महाधिवेशनस्थलमा प्रतिनिधिहरूको चहलपहल (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

रातभर लगाएर एमालेको महाधिवेशनस्थल तयार, प्रतिनिधिहरूको चहलपहल सुरु

भक्तपुर– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि रातभर लगाएर उद्घाटनस्थलको

महान्यायाधिवक्ता जोडिएको अवैध डिम्ब कारोबार प्रकरणले जन्माएका प्रश्न

काठमाडौं- नाबालिकाहरूको डिम्ब अवैध कारोबारको घटना बाहिरिएपछि इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) प्रक्रियामाथि नै

एमाले बैठकमा नेताहरूबीच भनाभन : को एमाले विरोधी, को ओली विरोधी ?

काठमाडौं– नेकपा (एमाले) को शुक्रबार बसेको बैठकमा नेताहरूबीच भनाभन भएको