वर्षापछि बाढी र पहिरोको बितण्डा– देशभर १७ जनाको मृत्यु, ५ जना बेपत्ता « Khabarhub

वर्षापछि बाढी र पहिरोको बितण्डा– देशभर १७ जनाको मृत्यु, ५ जना बेपत्ता


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर जारी अबिरल वर्षासँगैको बाढी र पहिरोमा परी १७ जनाको ज्यान गएको छ ।

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एनईओसी)का अनुसार बाढी र पहिरोमा परेर १३ जना घाइते भएका छन् ।

अहिलेसम्म खोटाङमा ३, काठमाडौंमा ३, काभ्रेमा २, भोजपुरमा २ तथा ललितपुर, मकवानपुर, पर्सा, महोत्तरी, रामेछाप, सिन्धुली र धादिङमा १–१ जना गरी ७ जनासहित १७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौंको मुलपानीमा छिमेकी घरको पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । पर्खालमा पुरिएर मृत्यु हुनेमा कुन्दन यादव, सर्मिला यादव र निलु यादव रहेका महानगरीय प्रहरी बृत्त बौद्धले जनाएको छ ।

यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका– बाप्लुखामा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । पहिरोले बगाउँदा बाप्लुखाका ३१ वर्षीया विष्णु राईकी श्रीमती रेखासहित छाेराहरु राेमन र रोहनको मृत्यु भएको हो ।

घरसँगै पहिरोमा पुरिएका विष्णुको स्थानीयले उद्दार गरेपनि उनकी श्रीमती, १ छोरा र १ छोरीको भने ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

गृह मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परेर अहिलेसम्म ५ जना बेपत्ता छन् । गृह मन्त्रालयका अनुसार मोरङ, सुनसरी, महोत्तरी, पर्सा र काठमाडौंमा १–१ जना गरी ५ जना बेपत्ता छन् ।

बाढी र पहिरोमा परि अहिलेसम्म १३ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सिरहामा २, सर्लाहीमा १, रौतहटमा ५, खोटाङमा १, काभ्रेमा २ र ललितपुरमा १ गरी १३ जना घाइते भएका छन् ।

रौतहटको बृन्दावन नगरपालिका–१ बलरीखोरमा बागमती नदीमा आएको बाढीमा १५ जना फेसका र उनीहरुको उद्दार कार्य भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौंको कलंकीस्थित ढुङ्गे अड्डाको होचो भागमा ३ जना फसेका र उनीहरुको पनि उद्दार जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ५ : ०९ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग