घडीको रोचक तथ्य : विज्ञापनमा देखाइने सबै घडीको समय किन १० बजेर १० मिनेट? « Khabarhub

घडीको रोचक तथ्य : विज्ञापनमा देखाइने सबै घडीको समय किन १० बजेर १० मिनेट?


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तपाईंले घडी लगाउनुभएको छ ? अनि टेलिभिजन तथा अनलाइन पत्रपत्रिकामा आउने घडीको विज्ञापन हेर्नु भएको छ ? हेरे पनि ख्याल गर्नुभएको छैन होला । एक पटक ख्याल गर्नुहोस्। विज्ञापन गर्न राखिएका सबै घडीको समय १० बजेर १० मिनेट सेट गरिएको हुन्छ ।

यी घडीका सुइ १० बजेर १० मिनेटमा हुँदा सन्तुलित अवस्थामा देखिन्छन् । मानिसहरु सन्तुलित चिज हेर्न मन पराउँदछन् । आकर्षणकै लागि विज्ञापन गरिने भउकाले घडीको विज्ञापनलाई मनोवैज्ञानिक रुपमा आकर्षक बनाउन प्रायः १० बजेर १० मिनेट जाने गरी मिलाइने मनोवैज्ञानिकहरुको भनाई छ ।

त्यस्तै १० बजेर १० मिनेट जाँदा घडीका घण्टा र मिनेट सुईको अवस्थामा हेर्दा मान्छेको अनुहारमा मुस्कुराहट देखाउनका लागि बनाइने आकृति जस्तो बन्दछ । स्माइलीको आकृतिमा घडीलाई प्रस्तुत गर्न पनि यस्तो गरिएको हुनसक्ने धेरैको विश्लेषण छ ।

साथै घडीमा १० बजेर १० मिनेटको समयमा सुईको अवस्थितिले भी आकार बनाउँछ जुन विजय तथा जीतको संकेत पनि हो । १० बजेर १० मिनेटको अवस्थामा घडीका सुईहरुको अवस्थाले घडीको भित्री भागमा कुँदिएका ब्राण्ड नाम, कम्पनीको लोगो जस्ता चिजहरु छेक्दैन त्यसैले पनि विज्ञापनमा घडीमा १० : १० बजाइएको आंकलन गरिन्छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ७ : ०९ बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका