बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो « Khabarhub

बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अविरल वर्षाका कारण देशभरका विभिन्न घटनामा परी ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ८ जना बेपत्ता भएका छन् ।

पछिल्लो विवरण अनुसार काठमाडौंमा ३ जनाको ज्यान गएको छ भने खोटाङमा पनि ३ जनाको मृत्यु भएको छ । काठमाडौंको मुलपानीमा पहिरोले पुरिएर एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । खोटाङमा बेपत्ता भएका ३ जनाको खोजी कार्य जारी छ।

बनेपाको नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । उनीहरु नातामा हजुरआमा नातिनी हुन् । घटनामा बुहारी ३० वर्षीया शुशिला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । भोजपुरमा पानीको भेलले पर्खाल भत्काउँदा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ ।

पर्साको पर्सागढी नगरपालिकामा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका वडा नं १ बस्ने १० बर्षका निखिल पटेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मकवानपुरको थाहा नगरपालिकाको महाभीर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चना बलामीको मृत्यु भएको छ ।

अहिले पनि पानी जारी रहेकाले सचेत रहन आग्रह गरिएको छ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ८ : १४ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग