उपराष्ट्रपतिद्वारा बाढी पहिरोपीडितको उद्धार र राहतमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

उपराष्ट्रपतिद्वारा बाढी पहिरोपीडितको उद्धार र राहतमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको जनाएका छन् ।

शनिवार एक वक्तव्य जारी गर्दै उनले बाढी, पहिरो तथा डुबानबाट दर्जनौंको मृत्यु, बेपत्ता र घाइते हुनुका साथै हजारौँ नागरिक विस्थापित तथा यातायात अवरुद्ध हुँदा लाखौँ नागरिकको जनजीवन प्रभावित हुनु निकै दुखद् भएको बताएका हुन् ।

बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उपराष्ट्रपतिले मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

बाढी, डुबान र पहिरोमा परी बेपत्ता भएकाको तत्काल खोजी गर्न, पीडितको यथाशीघ्र उद्धार र राहत दिलाउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै उनले बाढी पहिरोबाट विस्थापितका लागि सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य उपचारको प्रबन्ध गर्न आग्रह गरेका छन् ।

उपराष्ट्रपतिले पीडितको उद्धार र राहतको काममा सघाउन राजनीतिक पार्टी, विभिन्न सङ्घ संस्था, आम नेपाली जनता र युवापङ्क्तिलाई विशेष अपिल गरेका छन् । उनले बाढी, डुबान र पहिरोको सम्भावित जोखिमप्रति सचेत रहन र पूर्वतयारी अपनाउन सम्पूर्ण देशवासीलाई आग्रह गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  २ : ४१ बजे

नेपालको ‘घाम पावर’लाई विश्व जलवायु पुरस्कार

काठमाडौँ – नेपालमा सौर्य ऊर्जाका उपकरण बेचबिखन र जडान गर्ने

इजरायल र इरानद्वारा युद्धविराम स्वीकार

एजेन्सी– तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल

नोबेल अस्पताल विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं– नोबेल शिक्षण अस्पताल विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रक्तदान महोत्सवले धान्यो गर्मी मौसमको रगत अभाव

चितवन– गत वर्ष यो समयमा रगतको चरम अभाव भएपछि पोखराबाट

दुई बुँदे सहमतिअनुसार समिति गठन गरेको भन्दै माओवादीले दियो सरकारलाई धन्यवाद

काठमाडौं– नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति