उपराष्ट्रपतिद्वारा बाढी पहिरोपीडितको उद्धार र राहतमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण « Khabarhub

उपराष्ट्रपतिद्वारा बाढी पहिरोपीडितको उद्धार र राहतमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको जनाएका छन् ।

शनिवार एक वक्तव्य जारी गर्दै उनले बाढी, पहिरो तथा डुबानबाट दर्जनौंको मृत्यु, बेपत्ता र घाइते हुनुका साथै हजारौँ नागरिक विस्थापित तथा यातायात अवरुद्ध हुँदा लाखौँ नागरिकको जनजीवन प्रभावित हुनु निकै दुखद् भएको बताएका हुन् ।

बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उपराष्ट्रपतिले मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

बाढी, डुबान र पहिरोमा परी बेपत्ता भएकाको तत्काल खोजी गर्न, पीडितको यथाशीघ्र उद्धार र राहत दिलाउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै उनले बाढी पहिरोबाट विस्थापितका लागि सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य उपचारको प्रबन्ध गर्न आग्रह गरेका छन् ।

उपराष्ट्रपतिले पीडितको उद्धार र राहतको काममा सघाउन राजनीतिक पार्टी, विभिन्न सङ्घ संस्था, आम नेपाली जनता र युवापङ्क्तिलाई विशेष अपिल गरेका छन् । उनले बाढी, डुबान र पहिरोको सम्भावित जोखिमप्रति सचेत रहन र पूर्वतयारी अपनाउन सम्पूर्ण देशवासीलाई आग्रह गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  २ : ४१ बजे

ढोरपाटनमा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

काठमाडौं– बागलुङको ढोरपाटन नगरपालिकामा थप दुई जनामा दादुरा सङ्क्रमण पुष्टि

एमाले अध्यक्ष ओलीलाई सान्तवना दिँदै बालेनले भने : पिताजस्तो रक्षक र गुरू कोही छैन

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीका बुवा

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको

जनअनुमोदित यी अनुहार : वकिलदेखि व्यवसायीसम्मको संसद् यात्रा

काठमाडौं– फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपालको राजनीतिक