उपराष्ट्रपतिद्वारा बाढी पहिरोपीडितको उद्धार र राहतमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

उपराष्ट्रपतिद्वारा बाढी पहिरोपीडितको उद्धार र राहतमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिले आफूलाई अत्यन्त दुःखित र मर्माहत बनाएको जनाएका छन् ।

शनिवार एक वक्तव्य जारी गर्दै उनले बाढी, पहिरो तथा डुबानबाट दर्जनौंको मृत्यु, बेपत्ता र घाइते हुनुका साथै हजारौँ नागरिक विस्थापित तथा यातायात अवरुद्ध हुँदा लाखौँ नागरिकको जनजीवन प्रभावित हुनु निकै दुखद् भएको बताएका हुन् ।

बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उपराष्ट्रपतिले मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

बाढी, डुबान र पहिरोमा परी बेपत्ता भएकाको तत्काल खोजी गर्न, पीडितको यथाशीघ्र उद्धार र राहत दिलाउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै उनले बाढी पहिरोबाट विस्थापितका लागि सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य उपचारको प्रबन्ध गर्न आग्रह गरेका छन् ।

उपराष्ट्रपतिले पीडितको उद्धार र राहतको काममा सघाउन राजनीतिक पार्टी, विभिन्न सङ्घ संस्था, आम नेपाली जनता र युवापङ्क्तिलाई विशेष अपिल गरेका छन् । उनले बाढी, डुबान र पहिरोको सम्भावित जोखिमप्रति सचेत रहन र पूर्वतयारी अपनाउन सम्पूर्ण देशवासीलाई आग्रह गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  २ : ४१ बजे

प्रचण्ड-माधवसहितका नेताको निष्कर्ष : भिजिट भिसा प्रकरण छानबिन गर्न बनेको समिति सकारात्मक

काठमाडौं– नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच

उत्तरपूर्वी युक्रेनमा रुसी ड्रोन हमलामा तीन जनाको मृत्यु

एजेन्सी– उत्तरपूर्वी सहर सुमी नजिकै रुसी ड्रोन हमलामा पाँच वर्षीय

घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

भद्रपुर– झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा आज बिहान एक

काठमाडौंबाहेक अन्य महानगरको बजेट : पोखरा सबैभन्दा बढी, वीरगञ्ज कम 

काठमाडौं– काठमाडौं महानगरपालिकाबाहेक देशको अन्य पाँच वटा महानगरले बजेट समयमा ल्याएका

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४६ करोडको बजेट 

काठमाडौं– ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२-२०८३ को लागि बजेट ल्याएको