विपद् जोखिम न्युनिकरणमा सरकारको तयारी नपुगेको कांग्रेस र राजपाको आरोप « Khabarhub

विपद् जोखिम न्युनिकरणमा सरकारको तयारी नपुगेको कांग्रेस र राजपाको आरोप


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद् जोखिम न्युनिकरणका लागि सरकारको तयारी नपुगेको बताएका छन् ।

रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै पौडेलले विपद् न्यूनीकरणको पूर्व तयारी गर्न नसक्दा तराईका जिल्लाबासीहरु प्रत्येक बर्ष बाढीको चपेटामा पर्ने गरेको बताए ।

उनले अनियन्त्रित ढंगबाट बनाईएका बाँधहरु भत्काउने, मर्मत गर्ने र नेपालबाट समाधान नहुने समस्याबारे भारतसँग कुरा गरेर भएपनि बाढीबाट हुने पीडाको दीर्घकालिन अन्त्यको उपाय खोजिनुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद अनिल कुमार झाले केन्द्रीय सरकारको अर्कमण्यताले तराईका जिल्लाका जनता बर्सेनि बाढी र डुबानको चपेटामा पर्ने गरेको आरोप लगाए । उनले डुबानको कारक भन्दै छिमेकीलाई दोष दिनुभन्दा आफ्ना जनताको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने तर्क गरे ।

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद महेश बस्नेतले विपद पछिको उद्धार, खोजी तथा व्यवस्थापनमा राज्यका सबै संयन्त्रहरु परिचालित भएको बताए । नउले वर्षा जारी नै रहेकाले थप क्षति हुन नदिन विपद् व्यवस्थापन संयन्त्रका टोलीलाई तयारी अवस्थामा राखेर सबै खालका उद्धार, राहत र उचित पुनस्र्थापनाका कामहरु पनि भईरहेको जानकारी दिए ।

अबिरल बर्षासँगै नदी, स्थानीय खोलालगायतमा आएको बाढीका कारण पूर्वी तराईका जिल्ला डुबानको चपेटामा परेका छन् । भारतीय बाँधका कारण डुबानमा परेको रौतहटमा भने अहिले पानीको सतह कम हुदै गएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ४ : ३७ बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको