विपद् जोखिम न्युनिकरणमा सरकारको तयारी नपुगेको कांग्रेस र राजपाको आरोप « Khabarhub

विपद् जोखिम न्युनिकरणमा सरकारको तयारी नपुगेको कांग्रेस र राजपाको आरोप


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विपद् जोखिम न्युनिकरणका लागि सरकारको तयारी नपुगेको बताएका छन् ।

रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै पौडेलले विपद् न्यूनीकरणको पूर्व तयारी गर्न नसक्दा तराईका जिल्लाबासीहरु प्रत्येक बर्ष बाढीको चपेटामा पर्ने गरेको बताए ।

उनले अनियन्त्रित ढंगबाट बनाईएका बाँधहरु भत्काउने, मर्मत गर्ने र नेपालबाट समाधान नहुने समस्याबारे भारतसँग कुरा गरेर भएपनि बाढीबाट हुने पीडाको दीर्घकालिन अन्त्यको उपाय खोजिनुपर्ने बताए ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद अनिल कुमार झाले केन्द्रीय सरकारको अर्कमण्यताले तराईका जिल्लाका जनता बर्सेनि बाढी र डुबानको चपेटामा पर्ने गरेको आरोप लगाए । उनले डुबानको कारक भन्दै छिमेकीलाई दोष दिनुभन्दा आफ्ना जनताको सुरक्षाका लागि सरकारले ध्यान दिनुपर्ने तर्क गरे ।

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सांसद महेश बस्नेतले विपद पछिको उद्धार, खोजी तथा व्यवस्थापनमा राज्यका सबै संयन्त्रहरु परिचालित भएको बताए । नउले वर्षा जारी नै रहेकाले थप क्षति हुन नदिन विपद् व्यवस्थापन संयन्त्रका टोलीलाई तयारी अवस्थामा राखेर सबै खालका उद्धार, राहत र उचित पुनस्र्थापनाका कामहरु पनि भईरहेको जानकारी दिए ।

अबिरल बर्षासँगै नदी, स्थानीय खोलालगायतमा आएको बाढीका कारण पूर्वी तराईका जिल्ला डुबानको चपेटामा परेका छन् । भारतीय बाँधका कारण डुबानमा परेको रौतहटमा भने अहिले पानीको सतह कम हुदै गएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ४ : ३७ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा