बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३४ पुग्यो, १६ जना वेपत्ता | Khabarhub Khabarhub

बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३४ पुग्यो, १६ जना वेपत्ता


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार साँझसम्म ३४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने १६ जना घाइते भएका छन् ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार २ हजार भन्दा बढीको उद्दार गरिएको छ ।

बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ४ जना, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३ जना, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी जम्मा ३४ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोमा परेका महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सिन्धुलीमा ७० जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा ९ सय ७९ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बाढी पहिरोमा परी सिन्धुलीमा ४ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, ललितपुर, मकवानपुर र भोजपुरमा १/१ जना गरी १६ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी जम्मा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ८ : ०८ बजे

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत

नेप्टेचौर–काउरा–गिठिनी–पात्लेखेत सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठीनी–आखेत हुँदै वडा नम्बर १०