क्रसर र खानीका पहिराले बिपी राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

क्रसर र खानीका पहिराले बिपी राजमार्ग अवरुद्ध


२८ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– दुई दिनदेखिको अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो र सडकमा लेदो जम्दा बिपी राजमार्ग (धुलिखेल–बर्दिबास सडकखण्ड) अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको अधिकांश स्थानमा क्रसर तथा रोडा–ढुङ्गा खानीका कारण अवरुद्ध भएको हो ।

राजमार्गको काभ्रेपलाञ्चोकतर्फ सात स्थानको पहिरोमध्ये पाँच स्थानमा क्रसर तथा रोडा–ढुङ्गा खानीका कारण सडक अवरुद्ध बनेको छ । नमोबुद्ध नगरपालिका–४ मेथिनकोटमा पशुपति रोडा ढुङ्गा क्रसर तथा खानीको सहायक मार्ग (एक्सेस् रोड)बाट बिहीबार राति पहिरो खस्दा १ नं पुलमा अवरोध भयो । नमोबुद्ध नपा–५ लाष्कोटमा पशुपति तथा मनकोमना एग्रीगेट (क्रसर, रोडा ढुङ्गा खानी)बाट बिहीबार रातिदेखि हिलो र पहिरो कारण बिपी राजमार्ग अवरुद्ध भएको छ ।

रोशी गाउँपालिका–८ दिप्सामा नाङ्शाल रोडा–ढुङ्गा खानीको लेदोले राजमार्ग छेकेको छ भने सोही गाउँपालिका–८ नार्केस्थित गौरीशङ्कर क्रसर, रोडा–ढुङ्गा खानीको राजमार्गमाथिको सहायक मार्गका कारण सडक भत्किएर अवरुद्ध भएको छ । रोशी गाउँपालिका–८ मङ्गलटार र नार्केको पहिराले बिपी राजमार्ग अवरुद्ध बनाएको थियो ।

राजमार्गको अन्य केही स्थान समेतका साना पहिराले दुई दिनदेखि अवरुद्ध राजमार्ग आज काभ्रेपलाञ्चोकतर्फ एकतर्फीरुपमा खुलाइएको छ । रोशी गाउँपालिकाकै कालढुङ्गास्थित भ्याकुरे खोला र माम्ती खोलाको बहाव बढेर पुलमाथिबाट बग्दा साना सवारी आज अपराह्नसम्म रोकिए ।

क्रसर, रोडा–ढुङ्गा खानी तथा उद्योग सङ्घका जिल्लाध्यक्ष एवं पशुपति रोडा–ढुङ्गा उद्योगका सञ्चालक भरत घिमिरेले क्रसर, रोडा–ढुङ्गा खानी तथा उद्योगका कारण बिपी राजमार्गको अधिकांश स्थानमा सडक अवरुद्ध भएको स्वीकार गरे ।

कोटेश्वर–सूर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिबास सडक आयोजना प्रमुख सूर्यनाथ भाटले क्रसर, रोडा–ढुङ्गा खानी तथा उद्योगका कारण बिपी राजमार्गको अधिकांश स्थानमा सडक अवरुद्ध भएको बताए ।

जिल्लास्थित प्रहरी, स्थानीय तह र कोटेश्वर–सूर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिबास सडक आयोजनाको पहलमा नौ वटा स्काभेटर र डोजरले पहिरो पन्छाएर आज राजमार्गको काभ्रेपलाञ्चोकतर्फको सडक खुलाइएको हो । बिहीबारको वर्षाले अवरुद्ध सडक शुक्रबार प्रहरीले खुलाए पनि केही स्थानमा पुनःआज राति पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो ।

पुरिएको कार निकालियो

बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ मङ्गलटारस्थित सडकमा खहरे खोलाको बाढीले पुरेको एउटा कार आज निकालिएको छ । परिवारसहित काठमाडौँबाट धरानतर्फ लाग्नुभएका चन्दन श्रेष्ठको कार शुक्रबार बिहान सडकमा फसेको र निकाल्न नसक्दा सोही स्थानमा छोडेका कारण आज रातिको बाढीले पुरेको थियो । अवरुद्ध राजमार्ग खुलाउन प्रयोग भएका स्काभेटरले पुरिएको बा१६च ३५४९ नम्बरको श्रेष्ठको कार क्षतिग्रस्त अवस्थामा निकालिएको हो ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ९ : १० बजे

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १०

ग्रिनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो

कोपेनहेगन । ग्रिनल्यान्डको तटमा बिहीबार २० हजार लिटर डिजेल लिएर

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले

बिजुली उत्पादन बढाउन भारतमा ‘प्रधानमन्त्री सूर्यघर योजना’

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका १ करोड ३०

हैजाको जोखिमपछि खानेपानी मन्त्रीले भने : पाइप प्रणालीबाट आउने पानी मात्र उपभोग गर्नू

काठमाडौं – खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले