लिभरपुलका गोलकिपरलाई आराम « Khabarhub

लिभरपुलका गोलकिपरलाई आराम


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका स्टार खेलाडी तथा गोलकिपर एलिसनले केही हप्ताको आराम पाएका छन् । खुट्टाको पिँडौलामा चोट लागेपछि एलिसनले आराम पाएका हुन् ।

यो सिजनको पहिलो खेलमा गएको शुक्रबार नर्विच सिटीविरुद्धको खेलका क्रममा पिँडौलामा चोट लागेपछि उनलाई आराम दिइएको प्रशिक्षक योर्गन क्लोपले जानकारि दिएको बीबीसीले उल्लेख गरेको छ ।

लिभरपुलको पहिलो रोजाइका गोलकिपर तथा ब्राजिलका खेलाडी एलिसन नर्विचसँगको खेलका क्रममा खेलको ३९ औं मिनेटमा मैदानमा चोटग्रस्त भएपछि मैदानबाट बाहिर आएका थिए ।

‘यो सामान्य होइन । एलिसनको पिँडौलामा चोट लागेको छ र उनलाई केही दिनको आराम दिइएको छ,’ प्रशिक्षक क्लोपले भने ।

गएको सिजनमा च्याम्पियन्स लिगको उपाधि उचालेको लिभरपुलका लागि एलिसनले महत्वपूर्ण भूमिका निभाएका थिए भने प्रिमियर लिगमा दोस्रो भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ९ : १० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने