लोक सेवाको विज्ञापनविरुद्ध बालुवाटारमा प्रदर्शन « Khabarhub

लोक सेवाको विज्ञापनविरुद्ध बालुवाटारमा प्रदर्शन


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी माग गर्दै आह्वान गरेको विज्ञापनविरुद्ध बालुवाटारमा प्रदर्शन भएको छ ।

विभिन्न जनजातिसंग सम्बन्धित संघ संस्थाहरुले आरक्षणको कार्यान्वयन गर्न माग गर्दै मंगलबार बालुवाटारमा विरोध प्रर्दशन गरेका हुन् ।

संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चित गरेको सन्र्दभमा राज्यले त्यसलाई वेवास्ता गरेको भन्दै उनीहरु विरोध प्रर्दशनमा उत्रिएका हुन् ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका हुन् ।

प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, लोक सेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीविरुद्ध नारावाजी गरेका प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसंग सामान्य झडप समेत भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ५ : ०९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन