बैंकका सीइओको उमेर हद तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश « Khabarhub

बैंकका सीइओको उमेर हद तोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकका प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोक्ने राष्ट्र बैंकको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाको एकल ईजलाशले बैंकक सीईओ उमेरहद तोक्ने राष्ट्र बैंकको परिपत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

६५ वर्षमाथिका व्यक्तिहरु बैंकका सीईओ नियुक्त हुन नपाउने र बहाल रहेको भए ६९ वर्षभन्दा बढी भएको हुन नहुने भन्दै राष्ट्र बैंकले बैंकहरूलाई परिपत्र गरेको थियो ।

राष्ट्र बैंकको परिपत्र कार्यान्वयन नगर्न माग गर्दै प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको रिटमा सर्वोच्चले आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशमा भनिएको छ,‘राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ मा वाणिज्य बैंक तथा वित्तीय संस्थाको काम कारबाही नियमन गर्ने, ऐनले निर्दिष्ट गरेका विषयमा आवश्यक निर्देशन दिने तथा विशेष अवस्थामा प्रयोग हुने अधिकारका सम्वन्धमा उल्लेख भएको देखियो, तथापि सो दफामा बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारीको उमेर हद तोक्न सक्ने अधिकार विपक्षी बैंकलाई प्रदान गरेको देखिएन ।’

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ४१ बजे

अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह

बागलुङ- जिल्ला प्रशासन कार्यालयले अति भारीदेखि भारी वर्षाको सम्भावना रहेको

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको