काठमाडौँ- साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.२६ अङ्कले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ।
नेप्सेका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५१ अङ्कले बढेर ४७८.५२ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक ०.२६ अङ्कले बढेर १८२.६३ र सेन्सेटिभ फ्लोट परिसूचक ०.४१ अङ्कले बढेर १६२.४२ विन्दुमा कायम भएको छ।
आज बजारमा १ करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० रुपैयाँको कारोबार भएको छ।
कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सूचक बढेको छ भने नौ उपसमूहको घटेको छ। आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घटेको छ। त्यस्तै, १० कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन।
आज मेन्छियाम हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, भूगोल हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा, सिटिजन सुपर ३० म्युचुअल फन्ड र स्वस्तिक लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
समग्र बजार परिसूचक बढे पनि घट्ने कम्पनीको सङ्ख्या बढेकाले बजारमा मिश्रित अवस्था देखिएको छ।














प्रतिक्रिया