भरुवा बन्दुक बरामद | Khabarhub Khabarhub

भरुवा बन्दुक बरामद


२८ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले सिरहाको गोलबजार नगरपालिका–१ खजनपुरिया टोलबाट भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी मोक्सारबाट खटिएको टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरी टोलीलाई देख्नासाथ तत्काल नामथर वतन नखुलेका पुरुष व्यक्तिले लोड गरी बोकेको बन्दुक फ्याकेको अवस्थामा उक्त बन्दुक बरामद गरेको र ती व्यक्ति फरार भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले फरार व्यक्तिको खोजतलास भइरहेको जनाएको छ ।

यस्तै प्रहरीले लागुऔषध र केही विदेशी मुद्रासहित गोलबजार–४ निवासी ४० वर्षीय मनोजकुमार साहलाई पक्राउ गरेको छ । पक्राउ परेका साहले बोकेको झोलाबाट डाइलोक्स डिसी सात बोतल, नाइट्रोभेट १० ट्याब्लेट, नगद रु ३१ हजार ५८५, भारु चार हजार ३२० सहित अमेरिकन डलर रु एकको एक थान, पाँचका दरका दिराम दुई, मलेसियन रिंगेट एकका दुई, कतारी रियाल १० का दरको एक र चिनियाँ युआन एकाको एक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ७ : ५२ बजे

न्युजिल्यान्डका अलराउन्डर जिमी निशमले पोखराबाट एनपीएल खेल्ने

काठमाडौं – न्युजिल्यान्डका अलराउन्डर जिमी निशमले पोखराबाट नेपाल प्रिमियर लिग

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौं–  राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर