क्यानको निर्वाचन रोक्न राखेपको निर्देशन, क्यानको भविष्य अन्योल « Khabarhub

क्यानको निर्वाचन रोक्न राखेपको निर्देशन, क्यानको भविष्य अन्योल


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय निर्वाचन रोक्न निर्देशन दिएको छ । असोज ३ र ४ गते काठमाडौंमा तय भएको निर्वाचन रोक्न राखेपले स्वतन्त्र कमिटीलाई निर्देशन दिएको हो ।

जिल्ला र प्रदेशको निर्वाचनसंगै स्वतन्त्र कमिटीले क्रिकेट संघको केन्द्रिय निर्वाचन असोज ३ र ४ गते काठमाडौंमा गर्ने गरी सूचना जारी गरेको थियो ।

तर राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले स्वतन्त्र कमिटीले जारी गरेको सूचना फिर्ता लिएर निर्वाचन गर्नका लागि परिषद्मा निवेदन दिन निर्देशन दिएका छन् ।

सदस्य सचिव सिलवालले स्वतन्त्र कमिटीले दिने निवेदनका आधारमा परिषद्ले दिएको मितिमा स्वतन्त्र कमिटीलाई निर्वाचन गर्न निर्देशन दिएका हुन् ।

सदस्य सचिव सिलवालले स्वतन्त्र कमिटीले कानुन मिच्न नपाउने भन्दै निर्वाचन गराउने अधिकार स्वतन्त्र कमिटीलाई नभएको समेत जिकिर गरेका छन् । सदस्य सचिवको पछिल्लो भनाईसंगै समाधान उन्मुख देखिएको क्रिकेट विवाद अन्यौलमा परेको छ ।

राखेपको पछिल्लो अडानले असोज ३ र ४ गतेका लागि तय क्यानको केन्द्रीय कार्यसमितिको चुनाव समेत प्रभावित हुने देखिएको छ ।

नेपाली क्रिकेटमा देखिएको विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सल्लाहकार समिति गठन गरेर क्रिकेट संघको नयाँ विधान बनाएको थियो । समितिको बनाएको विधानलाई राखेपले समेत हुबहु पारित गरेको थियो ।

विधान अनुसार क्यानको नयाँ नेतृत्व चयन गर्ने ‘म्यानडेट’ सहित आईसीसीले राखेप सहितको प्रतिनिधि राखेप स्वतन्त्र कमिटि गठन गरेको थियो ।

स्वतन्त्र कमिटिले विधान अनुसार जिल्ला निर्वाचन हुदै प्रदेश निर्वाचन सम्पन्न गरिसकेको छ । आईसीसीको सहमतीमा स्वतन्त्र कमिटिले असोज ३ र ४ गते केन्द्रिय निर्वाचनको मिति तोकेको छ ।

तर केन्द्रीय निर्वाचनको मिति तोक्न आफुसंग अनुमति लिनुपर्ने अडान राखेपले अघि सारेको छ । सदस्य सचिव सिलवालले साधारण सभाको मिति मात्र नभएर राखेपलेनै निर्वाचन मण्डल बनाउनुपर्ने बताएपछि क्रिकेट विवाद समाधानमा अर्को संकट देखा परेको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठक आगामी असोज २६ गते बस्दैछ । तर बैठकको एजेण्डा असोज १५ गतेनै तय हुनेछ ।

त्यसैले असोज १५ अघिनै क्यानको केन्द्रीय निर्वाचन सकेर प्रतिवेदन आईसीसीमा बुझाउनुपर्ने बाध्यता स्वतन्त्र कमिटीलाई छ । आईसीसीले समेत नेपाल क्रिकेट संघको नयाँ निर्वाचन सफलतापूर्वक सम्पन्न भएमा अक्टोबर १३ तारिकमा बस्ने बोर्ड बैठकमा क्यानको निलम्बन फुकुवा गर्ने तयारी गरेको छ ।

तर स्वतन्त्र कमिटीले तयार गरेको टाईमलाईन अनुसार निर्वाचन सम्पन्न नभएमा क्यानलाई अनिश्चितकालका लागि प्रतिबन्ध लाग्न सक्ने बताईएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ५ : ५१ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान