संविधान दिवसलाई भव्य बनाउन स्थानीय सरकारलाई आग्रह « Khabarhub

संविधान दिवसलाई भव्य बनाउन स्थानीय सरकारलाई आग्रह


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा भव्यता साथ मनाउन सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

असोज २, ३ र ४ गते महानगर, उपमहानगर, नगरपालिका गाउँपालिका र जिल्ला तहमा संविधानसँग सम्बन्धित जनाजगरण कार्यक्रम गरी भव्यरूपमा मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ ।

असोज २ गते उपत्यकाभित्रका स्थानीय तह र सरकारी कार्यालयले आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा र ब्यानरले नगर सजाउने, सरकारी कार्यालयले आआफ्नो कार्यालय परिसर सबैको घरघरमा सरसफाइ र दीपावली गर्ने, संविधानमा केन्द्रित रही परिसंवाद कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय झण्डा लिएर क्रिकेटलगायतका दौड कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

असोज ३ गते संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने, शहीदप्रति उच्च सम्मान गर्ने कार्यक्रम गर्ने, प्रदेश तथा सबै स्थानीय तहले हातहातमा राष्ट्रिय झण्डा लिएर सम्बन्धित स्थानीय तहले तोकिएको ठाउँमा प्रभातफेरि कार्यक्रम गर्ने, वडा र नगरपालिकाले विभिन्न झाँकी र र्‍याली प्रदर्शन गर्न मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्रसमेत गरेको हो ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : ०२ बजे

नेपालगञ्जको इँटा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने