सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्छ-प्रधानमन्त्री « Khabarhub

सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्छ-प्रधानमन्त्री


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सांस्कृतिक पर्वलाई पर्यटनसँग जोड्नुपर्ने बताएका छन् ।

इन्द्रजात्राका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उहाँले नेपाल यतिबेला आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको बताए ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्त्वका पर्वहरूलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘प्राचीन महत्त्वका मौलिक विशेषता भएका यस्ता पर्वहरू बाह्य पर्यटकलाई आकर्षण गर्ने कडी बन्न सक्छन्। त्यस पक्षलाई पनि आत्मसात् गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु।’

प्रधानमन्त्री ओलीले नेपाल बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गरे । ‘एक अर्काको समुदायका संस्कृतिलाई हामीले साझा सामाजिक–सांस्कृतिक निधि मान्दै आएका छौँ। यही सांस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सूत्रमा बाँधिएका छौँ,’ प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘हाम्रो सांस्कृतिक विविधतालाई विभेदका रूपमा अथ्र्याई नेपालीबीचको एकता धुमिल्याउने प्रयास भए तर हामीले त्यस्ता दुस्प्रयासलाई परास्त गरिसकेका छौँ।’

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : ०७ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै

कांग्रेसले चुनावी घोषणापत्र होइन, प्रतिज्ञापत्र ल्याउँछ : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा

‘तयारीबिनाका आयोजनाले वित्तीय प्रणालीमा चुनौती’

काठमाडौं- अर्थमन्त्री रामेश्वर खनालले सरकारले बजेट तर्जुमा गर्दा सम्बन्धित मन्त्रालयहरूले

नेपालमा कतारी लगानी भित्र्याउनेबारे गभर्नर पौडेलसँग छलफल

काठमाडौं – नेपालमा वैदेशिक लगानीका लागि विद्यमान कानुनी व्यवस्था, बैंकिङ