शुक्लाफाँटा नगरपालिकाका प्रवक्ताको गाडीमा आगजनी « Khabarhub

शुक्लाफाँटा नगरपालिकाका प्रवक्ताको गाडीमा आगजनी


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता जगतबहादुर सिंहको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।

शुक्लाफाँटा नगरपालिका–७ का वडाध्यक्षसमेत रहेका सिंहको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी भएको हो । शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको अवस्थामा राति करीब १ बजेको समयमा आगजनी गरिएको प्रवक्ता सिंहले बताए ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउदले घटनाको गहनरूपमा अनुसन्धान भइरहेको जानकारी दिए । ‘मध्यरातमा आएर आगो लगाएर फरार रहेको देखिन्छ’, प्रहरी निरीक्षक साउदले भने, ‘आगजनी गर्ने समूहको व्यापक खोजी हुँदैछ ।’

वडा कार्यालयमा आगजनी

कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित वडा कार्यालयमा बिहीबार राति आगजनी गरिएको छ । प्रहरी चौकी बागफाँटाका अनुसार रातिको समयमा वडाध्यक्षको कार्यकक्षमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट कार्यालयभित्र रहेका केही कागजात, फर्निचरका साथै वडाध्यक्षको कुर्चीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगजनी गरिएको स्थलमा नेत्रविक्रम चन्द नेतृत्व समूहको सात बुँदे असहमतिसहितको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पर्चामा स्थानीय तहमा भ्रष्टाचार बढेको, छाडा पशुचौपायाको व्यवस्थापन नगरिएको र सडक पूर्वाधार लगायतका काममा बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।

मध्यरातमा आगजनी गरिएको भए पनि प्रहरीले भने आज बिहान ६ बजे खबर पाएको थियो । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ९ : ०७ बजे

अर्कालाई धितोमा दिएको जग्गा लिलामी हुन लागेपछि बैंकभित्रै आगो लगाउन खोजे लालबहादुरले

इटहरी- सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एकजना ऋणीले पेट्रोल छर्केर

विशेष महाधिवेशन माग्दै नेतृत्वको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको विधान अनुसार विशेष

राष्ट्रियसभा निर्वाचनमा एमालेसहित दलसँग सहकार्यबारे कांग्रेसको छलफल तीव्र

काठमाडौं– नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेसहितका अन्य दलसँग सहकार्य

रास्वपाको समानुपातिक सूचीमा रहेका मिलन लिम्बूले नाम फिर्ता लिए

इलाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा समावेश

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

जलेश्वर– महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो