कांग्रेसको कार्यक्रममा आक्रमण गर्ने तीन जना पक्राउ, तीनको खोजी गरिँदै | Khabarhub Khabarhub

कांग्रेसको कार्यक्रममा आक्रमण गर्ने तीन जना पक्राउ, तीनको खोजी गरिँदै


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई प्रहरीले खोजिरहेको बाँकेको धनौनी इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषण थपलियाले बताए ।

सभापति कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि नेकपाका कार्यकर्ताको एक समूहले मञ्चमै पुगेर आक्रमण गरेको बाँके कांग्रेसका सदस्य सुधांशु कोइरालाले दाबी गरे ।

तर उनको आरोपलाई नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले खण्डन गरेका छन् । अध्यक्ष खरेलले भने “कांग्रेसको कार्यक्रम बिथोल्ने हाम्रो कुनै नीति नै छैन । कांग्रेसका कुनै एक कार्यकर्तासँग हाम्रो पार्टीका समर्थक युवाहरुको व्यक्तिगत विवादले एक्कासि जन्माएको यो दुःखद् घटना मात्र हो ।”

नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत हिजो बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी सभापति कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो ।

आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ । नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उनको उपचार गरिएको थियो ।

अस्पतालका चिकित्सक डा विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १० : ४४ बजे

सिन्धुलीबाट हराएका हायू परिवार कास्कीमा भेटिए

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको हायू

भातृत्वदेखि विश्वासघातसम्म : शक्तिशाली परिवारको कलहले बिगारेको थाइल्याण्ड-कम्बोडिया सम्बन्ध

काठमाडौं- विश्वमा वंशवादमा आधारित राजनीति नौलो कुरा होइन । राजतन्त्रात्मक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेकाे छ।

अपडेट: हायू परिवारकी माइली छोरी प्रहरीको सम्पर्कमा

काठमाडौं – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना

सर्लाहीमा स्कुल बसले किच्दा बालिकाको मृत्यु

सर्लाही – सर्लाहीको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको