पहिरोमा पुरिएर रोल्पामा एकै घरका ६ जनाको मृत्यु « Khabarhub

पहिरोमा पुरिएर रोल्पामा एकै घरका ६ जनाको मृत्यु


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थवाङ– रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।

बिहीबार राति घरमाथिबाट गएको पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीया थीरकुमारी बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय जै बुढा, उनकी ३५ वर्षीय श्रीमती मूलज्योति बुढा, ९ वर्षीय छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा छन् ।

थवाङ गाउँपालिका–२ की वडासदस्य अभिलासा रोका मगरले मृतक ६ जनाकै शव बाहिर निकालिएको जानकारी दिइन् ।

घरमाथिबाट आएको पहिरोले बाख्राको खोर र गाई गोठ पनि पुरेको वडासदस्य मगले जानकारी दिइन् ।

‘घरभन्दा करिब २०० मिटर माथिबाट आएको पहिरोले घरसँगै बाख्राको खोर र गाईको गोठ पनि पुरेको छ,’ वडासदस्य मगरले खबरहबसँग भनिन्, ‘अन्य घरमा भने क्षति पुर्‍याएको छैन ।’

स्थानीय शहीद मार्गलाई विस्तार गर्न केही दिन अगाडि मात्रै खनिएको ठाउँबाट पहिरो गएको वडासदस्य मगरले जानकारी दिइन् ।

‘शहीद मार्ग विस्तारका लागि केही दिन अगाडि मात्रै यहाँ खनिएको थियो । डाँडो खनेर थुपारिएको माटो बगेर पहिरो गएको देखिन्छ,’ वडासदस्य मगरले भनिन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १२ : ३१ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर