पहिरोमा पुरिएर रोल्पामा एकै घरका ६ जनाको मृत्यु « Khabarhub

पहिरोमा पुरिएर रोल्पामा एकै घरका ६ जनाको मृत्यु


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थवाङ– रोल्पाको थवाङ गाउँपालिका–२ छेर्लोवाङमा गएको पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ ।

बिहीबार राति घरमाथिबाट गएको पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा २५ वर्षीया थीरकुमारी बुढा, उनका ४ वर्षीय छोरा असल बुढा, ३५ वर्षीय जै बुढा, उनकी ३५ वर्षीय श्रीमती मूलज्योति बुढा, ९ वर्षीय छोरी जीविस्टी बुढा र २ वर्षीया छोरी करिस्मा बुढा छन् ।

थवाङ गाउँपालिका–२ की वडासदस्य अभिलासा रोका मगरले मृतक ६ जनाकै शव बाहिर निकालिएको जानकारी दिइन् ।

घरमाथिबाट आएको पहिरोले बाख्राको खोर र गाई गोठ पनि पुरेको वडासदस्य मगले जानकारी दिइन् ।

‘घरभन्दा करिब २०० मिटर माथिबाट आएको पहिरोले घरसँगै बाख्राको खोर र गाईको गोठ पनि पुरेको छ,’ वडासदस्य मगरले खबरहबसँग भनिन्, ‘अन्य घरमा भने क्षति पुर्‍याएको छैन ।’

स्थानीय शहीद मार्गलाई विस्तार गर्न केही दिन अगाडि मात्रै खनिएको ठाउँबाट पहिरो गएको वडासदस्य मगरले जानकारी दिइन् ।

‘शहीद मार्ग विस्तारका लागि केही दिन अगाडि मात्रै यहाँ खनिएको थियो । डाँडो खनेर थुपारिएको माटो बगेर पहिरो गएको देखिन्छ,’ वडासदस्य मगरले भनिन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १२ : ३१ बजे

अर्कालाई धितोमा दिएको जग्गा लिलामी हुन लागेपछि बैंकभित्रै आगो लगाउन खोजे लालबहादुरले

इटहरी- सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एकजना ऋणीले पेट्रोल छर्केर

विशेष महाधिवेशन माग्दै नेतृत्वको ध्यानाकर्षण

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीको विधान अनुसार विशेष

राष्ट्रियसभा निर्वाचनमा एमालेसहित दलसँग सहकार्यबारे कांग्रेसको छलफल तीव्र

काठमाडौं– नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनमा एमालेसहितका अन्य दलसँग सहकार्य

रास्वपाको समानुपातिक सूचीमा रहेका मिलन लिम्बूले नाम फिर्ता लिए

इलाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा समावेश

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

जलेश्वर– महोत्तरीको बलवा नगरपालिका–११ मा आज ट्रकले ठक्कर दिँदा बाटो