इन्द्रजात्रा हेर्न जाने सार्वसाधारणमाथि प्रहरीको धरपकड « Khabarhub

इन्द्रजात्रा हेर्न जाने सार्वसाधारणमाथि प्रहरीको धरपकड


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले सुरक्षा व्यवस्था कडा पार्ने भन्दै इन्द्रजात्रा हेर्न हनुमान ढोका पुगेका सर्वसाधारणमाथि धरपकड गर्न थालेको छ ।

इन्द्रजात्राको अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर पुग्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी पुगेका बेला गुठी विधेयकको विषयलाई विरोध हुनसक्ने भन्दै प्रहरीले बसन्तपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको छ ।

प्रहरीले बसन्तपुर वरपर समूहमा बसेका तथा काम विशेषले त्यहाँ पुगेका व्यक्तिलाई समेत नियन्त्रणमा लिएको खुलेको छ ।

नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) विजयराज भट्टलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्व डिआईजी भट्टका एकजना आफन्तले उनलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित पुलिस क्लबमा लगेर राखेको बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले इन्द्रजात्रालाई लक्षित गरी हनुमान ढोका क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

‘जात्राको अवसरमा केही व्यक्तिले उत्श्रृंखल गतिविधि गर्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको हो,’ डिएसपी बोगटीले भने, ‘सर्वसाधारणलाई नियन्त्रणमा लिने भन्ने कुरा हैन ।’

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  २ : २५ बजे

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी– पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन

शैक्षिक गुणस्तर उकास्न विद्यालयलाई ४२ थान कम्युप्टर प्रदान

काठमाडौं– काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र

१४ वर्षपछि भारत पुगे मेसी : चार शहर घुमेर सचिन तेन्दुलकर, शाहरुख र प्रधानमन्त्री मोदीसँग भेट्दै

नयाँदिल्ली– अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसी १४ वर्षपछि भारत आएका

नेपालको पहिलो रामसार क्षेत्र कोशी टप्पु (तस्बिरहरू)

काठमाडौं– संसारभर सिमसार क्षेत्रको जैविक विविधता र त्यहाँको पारिस्थितिक पद्धतिको

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली– नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा