गोलढुंगा गोली काण्डका घाइते साजन गुण्डा नाइके समिरमानका सहयोगी « Khabarhub

गोलढुंगा गोली काण्डका घाइते साजन गुण्डा नाइके समिरमानका सहयोगी


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको गोलढुंगामा गोली प्रहार गरी घाइते भएका साजन गुरुङ गुण्डा नाइके समिरमान सिंह बस्न्यातका सहयोगी रहेको खुलेको छ ।

प्रहरीका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको घटनाका समिरमान मुख्य योजनाकार हुन् ।

लामो समयदेखि गुण्डागर्दी गर्दै रकम असुली गर्ने साजन प्रहरीको खोजी सूचीमा रहेका थिए । विशेष सूचनाका आधारमा पक्राउ गर्न गएको टोलीले उनलाई गोली प्रहारी गरी पक्राउ गरेको हो ।

प्रहरीले चलाएको गोली साजनको एउटा खुट्टाको तिघ्रा र अर्को खुट्टाको घुँडामा लागेको जनाइएको छ। धादिङका ३३ वर्षीय साजन कर्तव्य ज्यान मुद्धामा तीन वर्ष जेल बसेर गत वर्षको असारमा छुटेका थिए । पहिले पनि महाशाखाले उनलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ६ : ०७ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६