गोलढुंगा गोली काण्डका घाइते साजन गुण्डा नाइके समिरमानका सहयोगी | Khabarhub Khabarhub

गोलढुंगा गोली काण्डका घाइते साजन गुण्डा नाइके समिरमानका सहयोगी


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंको गोलढुंगामा गोली प्रहार गरी घाइते भएका साजन गुरुङ गुण्डा नाइके समिरमान सिंह बस्न्यातका सहयोगी रहेको खुलेको छ ।

प्रहरीका अनुसार साजनले समिरको समूहमा दोस्रो तहको सदस्यको रुपमा काम गर्ने गरेका थिए । बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २३ असोज ०७४ मा बानेश्वरको खरिबोटमा गोली हानी हत्या गरिएको घटनाका समिरमान मुख्य योजनाकार हुन् ।

लामो समयदेखि गुण्डागर्दी गर्दै रकम असुली गर्ने साजन प्रहरीको खोजी सूचीमा रहेका थिए । विशेष सूचनाका आधारमा पक्राउ गर्न गएको टोलीले उनलाई गोली प्रहारी गरी पक्राउ गरेको हो ।

प्रहरीले चलाएको गोली साजनको एउटा खुट्टाको तिघ्रा र अर्को खुट्टाको घुँडामा लागेको जनाइएको छ। धादिङका ३३ वर्षीय साजन कर्तव्य ज्यान मुद्धामा तीन वर्ष जेल बसेर गत वर्षको असारमा छुटेका थिए । पहिले पनि महाशाखाले उनलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ६ : ०७ बजे

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल द्वितीया तिथी अर्थात् नवरात्रको दोस्रो दिन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन

आज २०८२ साल असोज ७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ७ गते मंगलबार। आश्विन

केपी ओली सत्ताबाट हटेसँगै विद्या भण्डारीसँग शेरधनको ‘साउती’

काठमाडौँ– जेन–जीहरूले चलाएको आन्दोलनबाट दुई दिनमै सत्ताच्युत भएका नेकपा एमालेका