हामी जे बोल्छौं, त्यही गर्छौं : मन्त्री बाँस्कोटा « Khabarhub

हामी जे बोल्छौं, त्यही गर्छौं : मन्त्री बाँस्कोटा


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थकता दिन सरकार देश निर्माणको महाअभियानमा व्यस्त रहेको बताएका छन् ।

पनौती नगरपालिकास्थित लाकुरीभञ्ज्याङ–पनौती–नमोबुद्ध सडक स्तरोन्नति कार्यको शुभारम्भ तथा कुशादेवी माध्यमिक विद्यालयबाट एसइई परीक्षामा उत्तीर्णलाई सम्मान गर्न आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार गत वर्ष बनाएका योजना सञ्चालनमा व्यस्त रहेको र यस वर्षदेखि सरकारले नतिजा दिने बताए ।

उनले भने, “हामी देश निर्माणको महाअभियानमा छौँ, त्यस कारण पनि अब सरकारको कामको नतिजा देखिँदै जानेछन् ।” मन्त्री बाँस्कोटाले कुनै पनि देश एकैपटक, एकै वर्षमा नबनेको उल्लेख गर्दै सरकारले छोटो समयमा हालै मात्र योजना सम्पन्न भएको उदाहरण ‘पाइपलाइन तेल’ आयातलाई लिन आग्रह गरे ।

“गत वर्ष बनाइएका योजनाअनुरुप यस वर्ष क्रमैसँग ठूला–ठूला योजना कार्यान्वयन हुँदै जानेछन्, केही योजनाको प्रतिफल यसै वर्ष पनि देखिनेछ”, उनले भने । मन्त्री बाँस्कोटाले वर्तमान सरकार अरुजस्तो ‘ढटुवा’ सरकार नभएको दाबी गरे ।  “हामी जे बोल्छौँ, त्यही गर्छौैं, हामीलाई कसैको आलोचनाले हाम्रो महाअभियानमा फरक पर्दैन”, उनले भने । सरकारको सङ्कल्प ‘विकासदेखि विकाससम्म’ मात्रै भएको उल्लेख गर्दै सरकारको कामप्रति उत्साहजनक प्रतिक्रिया आइरहेको उनले बताए ।

मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विकास निर्माणका क्षेत्रमा जनताले औँला ठड्याउने अवस्था सिर्जना नगर्ने दाबी गरे । ”

मन्त्री बाँस्कोटाले गौरवका अन्य योजनामा नवलपरासीमा फलाम उद्योग स्थापना हुँदै गरेको, नेपालमा पट्रोलियम खानी एवं उत्पादनका लागि अन्वेषण परीक्षण गर्न विदेश पठाइएको र रु एक खर्ब १० अर्बको लगानीमा सुनकोशी नदीमा विद्युत् उत्पादनका लागि अध्ययन भइरहेको बताए । उनले अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड केही समयमै छ लेनको निर्माण शुरु हुने र सम्पन्न भएपछि धुलिखेलदेखि चार लेनको बनाउन थालिने बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : ४६ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका