राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन « Khabarhub

राष्ट्रपतिद्वारा इन्द्रजात्रा अवलोकन


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक सरीक भई अपराह्न ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा जात्रा अवलोकन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएपछि रथयात्रा गरिएको थियो ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी शुरु भएको इन्द्रजात्राको आज मुख्य दिन हो । आज तल्लोटोलमा रथयात्रा चलाइने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए ।

शनिबार माथिल्लो टोलमा रथयात्रा गरिने छ ।  यही भदौ ३१ गते महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति भण्डारी हनुमानढोका दरबार गई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परासमेत छ ।

असोज १ गते बिहान ०५ः३५ बजे इन्द्रध्वज पातन गरेपछि आठ दिन लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यस जात्राको प्रक्रिया शुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेशलगायत विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा शुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले शुरु गर्नुभएको थियो । वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको शुक्रबार विधिपूर्वक पूजाआजा पनि गरिएको थियो । यस वर्ष जात्रा हेर्न छ देशका पाहुनालाई पनि काठमाडौँमा निम्ता गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । जात्रा अवलोकन गर्न उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी भएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ९ : ३० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर