गोकर्णेश्वरमा शनिबारबाट १५ दिने अनुष्ठान, २१ करोड दीप बालिने « Khabarhub

गोकर्णेश्वरमा शनिबारबाट १५ दिने अनुष्ठान, २१ करोड दीप बालिने


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व जागरण महाअभियानले धार्मिक पर्यटक बढाउने लक्ष्यसहित शनिबारदेखि काठमाडौंको गोकर्णेश्वरमा आयोजना गरिने १५ दिने अनुष्ठानको तयारी पूरा भएको छ ।

जागरण अभियानले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन १५ दिने अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

आयोजकका अनुसार १६ श्राद्ध भरी चल्ने अनुष्ठानमा २१ करोड दीप समेत प्रज्वलन गरिने छ । असोज ११ गतेसम्म चल्ने भागवत पुराणमा विशेष कारणले आफ्ना घरमा श्राद्ध गर्न नपाएका, नभ्याएका अथवा अन्य भक्तजनहरुले गोकर्णेश्वर मन्दिरमा आएर बत्ति बालेमा पितृ उद्धार हुने धार्मिक विश्वास रहेको पितृ मोक्ष महाअनुष्ठानका संकल्पकर्ता ईश्वरकृष्ण महाराजले बताए ।

१५ दिनसम्म चल्ने भागवत पुराणमा २ सय १६ जना कर्ता रहेका छन । कार्यक्रमले आन्तरिक धार्मिक पर्यटन बढाउने अपेक्षा रहेको विश्व जागरण महाअभियान ट्रस्टका सदस्य भुपेन्द्र भट्टराईले बताए ।

काशीगया भन्दा पनि सयौ गुणा पवित्र स्थल मानिने गोकर्णेश्वरमन्दिरमा कुशें औशीका बेलामा पनि भव्य मेला लाग्ने गरेको छ । धार्मिक आस्थाकै कारण यस्ता महायज्ञहरुमा पनि देशभरिबाटै भक्तजनहर आउने गरेका छन् । जसले गोकर्णेश्वरको महत्व झनै बढ्दै गएको अभियन्ताहरु बताउ‘छन् ।

आयोजकका अनुसार अनुष्ठानमा सहभागीहरुलाई निशुल्क खानपिन तथा आवासको व्यवस्था समेत गरिएको छ । महायज्ञमा २५ लाखसम्म भक्तजनहरु सहभागी हुने आयोजकको अपेक्षा छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १० : १५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल