ग्रिकलाई हराउँदै इटाली युरो कपमा छनोट « Khabarhub

ग्रिकलाई हराउँदै इटाली युरो कपमा छनोट


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- युरो कप २०२० का लागि भएको छनोट खेलमा ग्रिकलाई हराउँदै इटाली यूरो कपका लागि छनोट भएको छ ।

गएराति रोमामा भएको खेलमा ग्रिकलाई २–० गोल अन्तरले पराजित गर्दै ईटालीले अर्को बर्ष हुने युरो कपमा स्थान पक्का गरेको हो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा इटालीका लागि जोर्गिन्होले अग्रता दिलाए । जेगिन्होले ६३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै ईटालीको अग्रता दिलाएका थिए ।

फेडेरिको बर्नार्डेस्कीले ७८ औ मिनेटमा गोल गर्दै ईटालीको जित सुनिश्चित गरेका थिए । जितसंगै ईटालीले समुह जेको खेलमा २१ अंक बटुलेको छ । उसले दोस्रो स्थानको अल्मेनियासंग ११ अंकको अग्रता लिएको छ ।

पराजित ग्रिकको छनोट हुने गणितीय सम्भावना बाँकी छ । तर त्यसका लागि ग्रिकको निरन्तर जितसंगै माथिल्ला टिमको खराब नतिजा कुनुपर्ने हुन्छ ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ६ : ४२ बजे

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय

काठमाडौं– सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध भएको

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

कञ्चनपुर– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो