पीपीएलका लागि मैदान निर्माण शुरु | Khabarhub Khabarhub

पीपीएलका लागि मैदान निर्माण शुरु


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा कात्तिक अन्तिम साताबाट शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) का लागि मैदान निर्माण कार्य शुरु भएको छ।

शुक्रबारदेखि पिपिएलका लागि पोखरा रंगशाला स्थित क्रिकेट मैदान सम्याउनेदेखि पिच बनाउने काम शुरु भएको आयोजक क्विन्स इभेन्ट मेनेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

‘दोस्रो संस्करणको पिपिएलका लागि मैदान निर्माणको काम शुरु भइसकेको छ। यो बर्ष अघिल्लो बर्षको भन्दा राम्रो हुने आशा छ,’ उनले भने।

प्रतियोगिता कात्तिक २६ देखि मंसिर ७ गतेसम्म हुनेछ । पिपिएलमा नेपालका ६ शहरका फ्रेन्चाईज टिमहरुको सहभागिता हुनेछ ।

पिपिएलको पहिलो संस्करणमा घरेलु टोली पोखरा पल्टनले उपाधि उचालेको थियो।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ७ : ३१ बजे

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

न्यूयोर्क– मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घीय कार्यालय (ओसिएचए) ले

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

तनहुँ – मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर

यो वर्ष १४ सचिवसहित २११९ सरकारी कर्मचारी अवकाशमा जाँदै

काठमाडौं– चालु आर्थिक वर्ष ०८१-०८२ मा नेपाल सरकारका १४ जना

प्रमुख सूचना आयुक्तमा सुरेशप्रसाद आचार्य सिफारिस

काठमाडौं– राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति

यस्ता छन् हातले मुछेर खाना खाने बानीका फाइदा !

काठमाडौं– हातले मुछेर खाने खाना पूर्वीय संस्कृतिको हिस्सा मात्र नभएर