सी चीन फर्कदा यी रुट हुन्छन् बन्द, विमानस्थलको उडान पनि प्रभावित « Khabarhub

सी चीन फर्कदा यी रुट हुन्छन् बन्द, विमानस्थलको उडान पनि प्रभावित


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दिने नेपाल भ्रमणको समापन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ आज स्वदेश फर्कदै छन् ।

आज विहान देखि नै भेटवार्तामा व्यस्त रहेका सीले नेकपाका सचिवालय नेताहरुसँग सामूहिक छलफल गरेका छन् । त्यसपछि उनले नेकपाका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

होटल सोल्टीमा भेटघाटका कार्यक्रमहरु तय भएका छन् ।

प्रचण्डसँगको भेटवार्तापछि सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसक्रममा चीन र नेपालबीच द्वीपक्षीय सम्झौताहरु हुने छन् ।

यी सम्पूर्ण कार्यक्रमहरु सकिएसँगै सी आजै दिउँसो एक बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

उनी आइतवार मध्याह्न १२ बजेपछि स्वदेश फिर्ताका लागि विमानस्थल जाने र दिउँसो १ बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सवारी आवागमन अवरुद्ध

सी विमानस्थल जाने भएसँगै सी हिँड्ने रुटमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुनेछ ।

सी बसेको होटल सोल्टी देखि कालिमाटी, त्रिपुरेश्वर , माइतिघर , बानेश्वर, तिनकुने, सिनामंगल र एयरपोर्टसम्मको रुट पूर्ण रुपमा बन्द रहने छ भने सर्वसाधारणको आवागमन पनि अवरुद्ध हुने छ ।

सीको उडान अघि र केही बेर पछि विमानस्थलबाट पनि अन्य उडानहरु हुने छैनन् ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  १० : ५७ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया