चाणक्य नीतिः पुरुषले भुलेर पनि अरुलाई भन्नु हुँदैन यी ४ कुरा « Khabarhub

चाणक्य नीतिः पुरुषले भुलेर पनि अरुलाई भन्नु हुँदैन यी ४ कुरा


२६ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चाणक्य राजनीतिका मात्र नभई जीवन दर्शनका पनि ज्ञाता थिए । उनले जीवनमा जे–जति अनुभव सँगाले र जुन नियम बनाए त्यो लोकलाई दिएर अमर भए ।

उनी महान् शिक्षक, गुरु पनि थिए । उनका केही कुरा जो सयौं वर्षपहिले जति सान्दर्भिक थिए, अहिले पनि त्यत्ति नै सान्दर्भिक छन् । चाणक्य शास्त्रका अनुसार पुरुले गोप्य राख्नुपर्ने चार कुरा यस्ता छन्–

१. कुनै पुरुषको मनमा दुःख छ भने त्यो कसैसँग अभिव्यक्त गर्न नहुने बताएका छन् । किनभने संसारमा सच्चा हितैषी एकदमै कम हुने गर्छन् । जुन मानिससँग दुःख अभिव्यक्त गरिन्छ उसैले पिठ्युँपछाडि यसको मजाक उडाउन सक्छ । जसका कारण यसले झन दुःखी बनाउँछ ।

२. चाणक्यले धनको क्षति भयो भने पनि यसबारे कसैलाई भन्न नहुने सुझाएका छन् । धनको क्षतिबारे अरूलाई बताउँदा यसले प्रतिष्ठा नष्ट हुन्छ । मानिसहरूले उसको सम्मान गर्न छाड्छन् । मानिसले धन क्षति भएको थाहा पाएमा सम्मानको साटो उपहासको विषय बनाउन थाल्छन् ।

३. पुरुषले आफ्नो घरको भित्री कुरा पनि बाहिर कसैलाई बताउन नहुने चाणक्यले भनेका छन् । विशेषगरी आफ्नी पत्नीको चरित्रका विषयमा अर्कोसँग कुनै पनि टिप्पणी गर्नु हुँदैन । यसो गर्नाले पुरुषको प्रतिष्ठा र सम्मानको नाश हुन्छ ।

४. चाणक्यले भनेका छन्– जीवनमा मिलेको अपमानलाई कहिल्यै पनि अरूका सामुन्ने चर्चाको विषय बनाउनु हुँदैन । हुन सक्छ, तपाईं अरूलाई भनेर मनको भावना पोख्न चाहनुहुन्छ तर सुन्ने मानिसले यो कुरा दोस्रो मानिसलाई बतायो भने अपमान झन बढ्न सक्छ । यसकारण अपमानसँग जोडिएका घटना कहिल्यै कसैसँग बताउनु हुँदैन ।

प्रकाशित मिति : २६ आश्विन २०७६, आइतबार  ११ : १२ बजे

अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला